News Portal

दुई वर्षे छोरासहित एक महिलालाई भारतमा बेचेको आरोपमा जाजरकोटका एक युवा पक्राउ

हिमाली संचार संवाददाता
४४४ पटक

इन्द्र बुढाथोकी
सल्यान ३०, २०७६ कार्तिक : दुई वर्षको छोरासहित एक महिलालाई बेचविखन गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ पाटकेछहरा निवासी २ वर्षको छोरासहितकी २२ वर्षिया एक महिलालाई भारतमा बेचविखन गरेको आरोपमा जाजरकोटको भेरी नरगपालिका–९ भुर बानियाका १८ वर्षिय कोब्रो भनिने दिनेश खड्कालाइ प्रहरीले गत हप्ताको शुक्रबार पक्राउ गरेको हो।

खड्कालाई घरबाटै पक्राउ गरिएको जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यस्तै घटनाका अर्का आरोपित जाजरकोटकै ३० वर्षीया एक महिला भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

आरोपितको खोजि भैरहेको उनले बताए। २०७६ असार २५ गतेदेखि पिडित घरबाटै बेपत्ता भएकी थिइन। नाबालक सहित एक महिलालाई ललाइफकाइ विवाह गर्ने प्रलोभनमा पारी भारतको हिमाचल प्रदेश सिम्ला जिल्लाको रुरु भन्ने स्थानमा बेचेको आरोपमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रीमान वैदेशिक रोजगारको शिलशिलामा विदेशमा रहेका कारण उनि नेपाल फर्केपछि प्रहरीमा मुद्धा दायर गरेका थिए। प्रहरीले पिडित महिलाको खोजीका लागी अनुसन्धान भैरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...