News Portal

हलेसीतुवाचुङ नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

हिमाली संचार संवाददाता
५७८ पटक

रामधन राई
खोटाङ २६, २०७६ कार्तिक : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन्।

संघीय सरकारले समयमै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरवासी नागरिकले समयमा सेवा पाउन सकेका छैनन्।

कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई काजमा गृहमन्त्रालय तानेको संघीय सरकारले हालसम्म अर्को कर्मचारी नपठाएका कारण प्रभावकारी सेवा उपलब्ध गराउन नसकेको नगरप्रमुख इवन राईले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार ठप्प भएको छ। समयमै सेवा नपाउँदा जनता आक्रोशित बनेको नगरप्रमुख सुनाउनुहुन्छ।

स्थानीय सरकार गठन यता हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म शिक्षा शाखाको दशौं तहको उपसचिव, जनस्वास्थ्य अधिकृत, सिनियर डिभिजन इन्जिनियर, इन्जिनियर, आलेप सहायक, सहायकलगायतका महत्वपूर्ण शाखाका कर्मचारी पठाइएको छैन।

सिनियर डिभिजन इन्जिनियर र इन्जिनियर नहुँदा नगरपालिकाको भौतिक विकास निर्माण सम्बन्धी काम गर्न करारमा ४ जना इन्जियिर राखिएको नगरप्रमुख राईको भनाइ छ।

शिक्षा शाखाको अधिकृत नपठाउँदा ८८ सामुदायिक विद्यालयको कामकाज प्रभावकारी बन्न सकेको छैन। नगरपालिकामा हाल १४ जना कर्मचारीको पद रिक्त रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...