News Portal

हलेसीतुवाचुङ नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

हिमाली संचार संवाददाता
५६१ पटक

रामधन राई
खोटाङ २६, २०७६ कार्तिक : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन्।

संघीय सरकारले समयमै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरवासी नागरिकले समयमा सेवा पाउन सकेका छैनन्।

कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई काजमा गृहमन्त्रालय तानेको संघीय सरकारले हालसम्म अर्को कर्मचारी नपठाएका कारण प्रभावकारी सेवा उपलब्ध गराउन नसकेको नगरप्रमुख इवन राईले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार ठप्प भएको छ। समयमै सेवा नपाउँदा जनता आक्रोशित बनेको नगरप्रमुख सुनाउनुहुन्छ।

स्थानीय सरकार गठन यता हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म शिक्षा शाखाको दशौं तहको उपसचिव, जनस्वास्थ्य अधिकृत, सिनियर डिभिजन इन्जिनियर, इन्जिनियर, आलेप सहायक, सहायकलगायतका महत्वपूर्ण शाखाका कर्मचारी पठाइएको छैन।

सिनियर डिभिजन इन्जिनियर र इन्जिनियर नहुँदा नगरपालिकाको भौतिक विकास निर्माण सम्बन्धी काम गर्न करारमा ४ जना इन्जियिर राखिएको नगरप्रमुख राईको भनाइ छ।

शिक्षा शाखाको अधिकृत नपठाउँदा ८८ सामुदायिक विद्यालयको कामकाज प्रभावकारी बन्न सकेको छैन। नगरपालिकामा हाल १४ जना कर्मचारीको पद रिक्त रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...