News Portal

लागुऔषध मुद्दामा फरार कांग्रेस वडाध्यक्ष पक्राउ

हिमाली संचार संवाददाता
५७८ पटक

नुवाकोट २५, २०७६ कार्तिक : नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आइतबार बिहान घरबाटै पक्राउ गरेर काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

उनका अनुसार तामाङविरुद्ध विसं २०६१ जेठ २७ गते काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र २५ हजार जरिवाना सुनाइएको थियो।

३० हजार धरौटीमा तारिखमा रिहा भएका तामाङ फैसलापश्चात् फरार रहँदै आएकाले पक्राउ गरेर अदातलको फैसला कार्यान्वयनका लागि नुवाकोट प्रहरीले टेकु प्रहरीको जिम्मामा काठमाडौँ पठाएको छ।

तामाङ स्थानीय तहको निर्वाचनमा मेघाङ गाउँपालिकाको वडा नं. ५ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...