News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तपाईंको आजको राशिफल ! शेयर गरौ

    ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    हिमाली संचार संवाददाता
    ४६५ पटक

    वि.सं. २०७६ साल कार्तिक २२ गते शुक्रबार | सन् २०१९ नोभेम्बर ८ तारीख | नेपाल संवत ११४०

    मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने साइत जुर्न सक्छ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

    बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    आम्दानी हातपार्न निकै मिहिनेत गर्नुपर्ला। कामको मूल्यांकन हुनाले थप जिम्मेवारी प्राप्त हुनेछ। तर अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वपूर्ण योजना बीचैमा रोकिनाले आयस्रोत कमजोर बन्न सक्छ। सरसापटमा सञ्चित धन बाहिरिनेछ भने घरखर्च बढ्नाले कर्जा लिनुपर्ने आवश्यकता पर्न सक्छ।

    मिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह

    आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूले दु:ख दिन सक्छन्, सजग रहनुहोला।

    कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ।

    सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्यामा परिएला। बलजफ्तीले मात्र काम सफल नहुन सक्छ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

    कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। आतिथ्य भने खर्चिलो हुन सक्छ। पहिलेका कामबाट आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। तर, धेरै बोल्दा समस्या आउन सक्छ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

    तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काममा सामान्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू बढ्नाले समस्या थपिएला। तापनि, लगनशीलताले नयाँ अवसर दिलाउन सक्छ। ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला।

    बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

    धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। कृषि तथा पशु व्यवसायबाट लाभ हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। आमाको सहयोगले काम बनाउन सकिनेछ।

    मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताइरहनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा नहुन सक्छ। दाजुभाइमा असमझदारी देखापर्न सक्छ। सोखले खर्च गराउने समय भएकाले उठेको आम्दानी सञ्चय गर्न नसकिएला।

    कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द

    बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हातपार्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

    मीन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ।

    प्रतिकृया दिनुहोस्

    गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवकलाई धम्क्याउने पक्राउ

    काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने...

    राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै...

    भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

    काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन...

    बीमा रकम हिनामिना प्रकरणमा एक कर्मचारी पक्राउ

    दाङ, वैशाख २९ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको होलेरीस्थित उपशाखा कार्यालयमा कार्यरत एक कर्मचारी बीमितहरूबाट...

    भारत–पाकिस्तानबीचको सम्भावित तनाव रोक्न नेपालले भूमिका खेलेको प्रधानमन्त्री ओलीको दाबी

    लुम्बिनी, वैशाख २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारत र पाकिस्तानबीच चर्किंदै गएको...