News Portal

महराले गल्ती गरेकै हुन् उचित कारवाही हुनुपर्छ : प्रचन्ड

हिमाली संचार संवाददाता
७१४ पटक

दुर्गालाल केसी
दाङ २०, २०७६ कार्तिक : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन्। प्रेस संगठनले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचन्डले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानुनीरुपमा उचित कारवाही हुनुपर्ने धारणा व्यक्त गरे।

लामो सयमसम्म महराबारे सार्वजनिकरुपमा नबोलेका प्रचन्डले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका हुन्। ‘महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गर्नुभयो। महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताउनुभयो,’ उनले भने, ‘पहिले केही गरेको छैन भन्नुभयो। पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो। आफैंले पनि स्विकार्नुभयो।

जिम्मेवार पदमा पुगेको व्यक्तिले अनैतिक काम गर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन् नराम्रो काम भएको उनले बताए। पहिले अरु नेताहरुलाई बुझ्न पठाएँ, गलत जानकारी दिनुभयो। चित्त नबुझेर आफैं बुझ्न गएँ तर पनि सही कुरा भन्नुभएन,’ उनले भने, ‘आफ्नो नेतृत्वलाई त्यसरी ढाँट्नु उचित भएन। झन् गल्ती भयो।

महराले गरेको गल्तीका बारे अदालतले आवश्यक न्यायिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको दाहालले बताए। यस घटनाले अन्य गलत काम गर्नेहरुलाई पनि सजग गराउने धारणा प्रचन्डले व्यक्त गरे। यो गम्भिर नैतिक गल्ती हो। यस्तो घटनामा राजनीतिक संरक्षण उचित हुँदैन,’ उनले भने, ‘अदालतले निर्णय गर्ने कुरामा हामीले केही बोल्नु उचित हुँदैन।

स्वतन्त्ररुपमा छानबिन र निर्णय गर्न दिनुपर्छ। महराले आफूले गरेको गल्ती स्विकार गर्दै कानूनी प्रक्रियामा राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै दाहालले फेरी सच्चिएर जनताको सेवामा फर्कने आशा व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...