News Portal

नेकपाका नेता तथा पूर्व एमालेबाट निर्वाचित गाविस अध्यक्ष भण्डारी सहित २७ जना काँग्रेसमा प्रवेश

'नेकपाले बाचा पुरा गरेन, दुख: मात्र दियो'

हिमाली संचार संवाददाता
१८५५ पटक

फाइल तस्विर

प्रेम रौले,बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ रुगिनका तत्कालिन नेकपा एमालेका पूर्व गाविस अध्यक्ष सहित २७ जना नेपाली काँग्रेसमा प्रवेश गरेेका छन् ।

हाल नेकपामा रहेका तत्कालिन नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेमा पूर्व गाविस अध्यक्ष जय बहादुुर भण्डारी सहित २७ जना रहेको नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क बहादुर मल्लले जानकारी दिए।

मल्लले दिएको जानकारी नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेमा पठाने ल्वार, बुद्धीमान सार्की, हस्तजीत ल्वार, रंगमल बढथापा गरी २७ जना छन् ।

२०५४ सालको गाविसमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भण्डारीले नेकपाले गर्ने गविविधी नै मन नपरेको र पाटी एकतामा कार्यकर्तासंग कुनै समन्वय नगरी मनपरी रुपमा संगठन चलाएकोमा असन्तुष्टी पछि काँग्रेसमा प्रवेश गरेको बताए ।

उनले स्थानीय तह, प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा गरेका बाचा समेत पुरा गर्नुको साटो उल्टै जनतालाई दुःख दिने खालका काम गर्दै आएकोे  बताए ।

नेपाली काँग्रेसमा प्रवेश गर्ने पुर्व गाविस अध्यक्ष भण्डारी सहित २७ जनालाई नेपाली काँग्रेस जिल्ला कार्य समिति उप सभापति गोविन्द्र बहादुर मल्लले साधारण सदस्यता दिई प्रवेश गराएको युनियन जिल्ला अध्यक्ष मल्लले बताएका छन् ।

हिमाली गाउँपालिकाको पाटी कार्यालय उद्घाटन कार्यक्रममा पूर्व अध्यक्ष सहितकोे टिम प्रवेश गरेको हो।

पाटी प्रवेश गराउदै पाटी उप सभापति गोविन्द्र बहादुर मल्लले नेपाली काँग्रेसको विचारलाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाली काँग्रेसलाई सक्षम र सवल नेतृत्व बनाउन लाग्न नवप्रवेशीहरुलाई आग्रह गरे। हाम्राकुराडटकमबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...