News Portal

सामाजिक सद्भावका लागि इस्लाम धर्मावलम्बी अब्दुल वाहिदले लगाए भाईटिका

हिमाली संचार संवाददाता
४३५ पटक

बाँके १२, २०७६ कार्तिक : नेपालगन्जमा बसोबास गर्ने इस्लाम धर्मावलम्वीका केही अगुवाले पनि तिहारको भाईटीका लगाएका छन्। अघिल्ला वर्षझैँ नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले पनि भाईटिका लगाएका छन्।

उनी दुई दशकदेखि तिहारमा मितेनी दिदीबहिनीसँग भाईटिका लगाउँदै आएका छन्। धार्मिक तथा सामाजिक सद्भावका लागि तिहारमा भाईटीका लगाउने गरेको उनले बताए।

इस्लाम धर्म अनुसार टिका लगाउन नपाइने भए पनि सामाजिक सद्भावका लागि टिका लगाउने गरेको बताए। एकले अर्को धर्मको सम्मान गर्दा सामाजिक सद्भाव कायम भई समाज बलियो बनाउन सहयोग गर्छ,’ उनले भने।

मुस्लिम संघ बाँकेका अध्यक्ष समेत रहेका मन्सुरीले प्रत्येक वर्ष साथीको घरमा गएर बुवाआमाको हातबाट दशैँको टीका लगाएर आशिर्वाद लिने साना भाईबहिनीलाई टिका लगाएर दक्षिणा दिने गरेको बताए।

उनले भने, हरेक बर्ष तिहारमा भाईटिका लगाउँछु। दशैँमा टीका लगाएका नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना पनि सामाजिक सद्भावका लागि तिहारमा हिन्दूहरुसँग रमाइलो गरे।

उनले हिन्दू समुदाय इस्लाम धर्मावलम्वीको ईदमा रमाए झैँ आफू दशैँ र तिहारमा हिन्दूहरुको घरमा गएर रमाउने गरेको बताए। हरेक बर्ष म दशैँ र तिहार खुला ह्रदयले मनाउँछु।

बाँके युनेस्को क्वलका संस्थापक प्रवेज अलि सिद्धिकीले पनि दशैँमा टिका लगाउँछन्। हिन्दू ससुराली भएकोले उनी हरेक बर्ष ससुरालीमा गएर टिका लगाउने गरेको बताए।

आफ्नो धर्मको सम्मान गर्दै अर्को धर्ममा रमाउनु नै मानव जातिको सच्चा धर्म हो,’ उनले भने।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...