News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज भाईटिका : तपाईंको राशिफल हेर्नुहोस

    हिमाली संचार संवाददाता
    ५०९ पटक

    वि.सं. २०७६ साल कात्तिक १२ गते मंगलबार | सन् २०१९ अक्टोबर २९ तारीख | नेपाल संवत ११४०


    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

    परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लक्ष्य प्राप्त गर्न नसकिएला। नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्ने देखिएकाले वादविवादमा अघि नसर्नुहोला। अध्ययनमा प्रगति गर्न सकिनेछ। व्यापारमा उन्नतिको समय छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा दिगो काम सम्पादन गर्न सकिनेछ। धनलाभ हुनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

    रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। आलस्य गर्ने बानीले आँटेको काममा विलम्ब हुन सक्छ। पछिका लागि जग बसाउने समय छ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

    धेरै खर्च र ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू संग्रह गर्ने समय छ। साथीभाइको निम्तो प्राप्त हुनाले रमाइलो यात्राका लागि पनि खर्च हुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ने देखिन्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आयस्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। कृषि तथा पशुपालनबाट लाभ हुनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    अस्वस्थताले काममा जुट्न नसकिएला। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्ने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आफ्ना काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला।

    प्रतिकृया दिनुहोस्

    गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवकलाई धम्क्याउने पक्राउ

    काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने...

    राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै...

    भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

    काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन...

    बीमा रकम हिनामिना प्रकरणमा एक कर्मचारी पक्राउ

    दाङ, वैशाख २९ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको होलेरीस्थित उपशाखा कार्यालयमा कार्यरत एक कर्मचारी बीमितहरूबाट...

    भारत–पाकिस्तानबीचको सम्भावित तनाव रोक्न नेपालले भूमिका खेलेको प्रधानमन्त्री ओलीको दाबी

    लुम्बिनी, वैशाख २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भारत र पाकिस्तानबीच चर्किंदै गएको...