आज : २०२६-०६-३०, मङ्गलबार

विप्लव नेकपाद्वारा पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

कार्तिक ८, २०७६ पोखरा : नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित) कास्की र भातृसंगठनहरुले बिहीबार विभिन्न ठाउँमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन्।

देशव्यापी कार्यक्रम अनुसार बिहीबार अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला समिति र अखिल क्रान्तिकारी दलित मुक्ति मोर्चाले पोखराको औद्योगिक क्षेत्र नजिकैं प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्।

आफ्ना कार्यकर्ताहरुलाई झुठो आरोप लगाउँदै बिना कारण पक्राउ गर्ने, महिनौंसम्म हिरासतमा राख्ने, मानसिक तथा शारीरिक यातना दिने लगायतका हर्कतहरु तत्काल रोक्न र दाङमा पक्राउ परेका २१ जना लगायत देशभरीबाट बन्दी बनाईएका आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई तत्काल रिहाईको माग गर्दै नारा लगाएका थिए।