News Portal

  • कांग्रेस नेता कँडेलद्वारा आफू विरुद्ध आएका समाचारको खण्डन

    हिमाली संचार संवाददाता
    ४५३ पटक

    कार्तिक ७, २०७६ काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल ‘मुन्ना’ले आफूलाई भारतीय नागरिक भनेर लगाइएको आरोप र समाचारहरूको खण्डन गरेका छन्।

    ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी मुख्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर कँडेलले आफ्ना विरुद्ध आएका समाचारको खण्डन गरे।

    ‘मेरो चरित्र हत्या गर्ने गरेर समाचार आएका छन्। म नेपाली नागरिक हुँ’, उनले भने, ‘मलाई भारतीय नागरिक भएको प्रमाणित गर्न चुनौती दिन्छु।

    नवरलपरासी जिल्लाको सीमावर्ती भारतीय सहर ठूटीबारी, महाराजगन्जमा आफ्नी अजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको बताए।

    ‘मेरो नाममा भारतीय नागरिकता त के, मेरो नाममा भारतमा एक इञ्च पनि जमिन भएको पुष्टि गरेर देखाउन चुनौती दिन्छु’, उनले भने, ‘स्कुल बाहेक भोट हालेको सावित गरे दण्ड सजाय भोग्न तयार छु।

    कँडेलले झुटो आरोप लगाएर मान प्रतिष्ठामा आँच पुर्‍याउँदा अत्यन्तै दुःख लागेको बताए। नेपाली कांग्रेसका नेता कँडेलले आफूले भारतीय सवारी चालक अनुमतिपत्र भने लिएको स्वीकार गरेका छन्।

    बाल्यकालदेखि स्नातक तहसम्म भारतमा अध्ययन गरेको र शैक्षिक प्रमाणपत्रका आधारमा सवारी चालक अनुमतिपत्र लिएको कँडेलले बताए।

    ‘भारतदेखि तेस्रो मुलुक जाने अधिकांश नेपालीले ती मुलुकको सवारी चालक अनुमति पत्र लिएका हुन्छन्’, उनले भने, ‘सवारी चालक अनुमति पत्र लिँदैमा कोही पनि अन्य मुलुको नागरिक हुँदैन।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद कँडेलले आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा मुद्धा खेपिरहेको बताए।

    सन् १९५० को सम्झौताका आधारमा नेपालीले पनि भारतमा सामाजिक संघसंस्था सञ्चालन गर्न पाउने भएकाले हजुरआमाले खोलेको क्याम्पस (तत्कालीन विद्यालय)को अध्यक्ष भएको बताए।

    कँडेलले भारतीय भूमिमा आफ्नो नाममा जग्गा जमिन नभएको बताए। आफूलाई अपहरणकारी भएको दाबी गर्ने सञ्चार माध्यमविरुद्ध कानूनी उपचारमा जाने कँडेलले चेतावनी दिएका छन्।

    पत्रकार सम्मेलनमा उनले एक महिना अगाडि आफू भारतीय र नेपाली सुरक्षा अधिकारीको संयुक्त बैठकमा सहभागी भएको तस्बिर देखाएका थिए।

    ‘म अपहरणकारी भएको भएँ के यसरी दुबै देशका सुरक्षा अधिकारी सहभागी भएको कार्यक्रममा उपस्थित हुने हिम्मत राख्थे ? प्रश्न गर्दै उनले भने, ‘ममाथि हुँदै नभएको आरोप लगाइएको छ। कानूनी उपचारमा जान्छु।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य कँडेलले आफ्नाविरुद्ध षड्यन्त्र भएको बताए। ‘लोकतन्त्रका लागि संघर्ष गरेको मविरुद्ध षड्यन्त्र भएको छ’, उनले भने।

    नियोजित रुपमा मेरो चरित्र हत्या हुने गरेर भारतीय नागरिक भनेर अपराधी सरह समाचार छापेर के गर्न खोजिएको हो ?आफू नेपाली नागरिक भएको प्रमाणहरू नेता कँडेलले पत्रकारहरूलाई वितरण गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...