News Portal

कांग्रेस नेता कँडेलद्वारा आफू विरुद्ध आएका समाचारको खण्डन

हिमाली संचार संवाददाता
५४५ पटक

कार्तिक ७, २०७६ काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल ‘मुन्ना’ले आफूलाई भारतीय नागरिक भनेर लगाइएको आरोप र समाचारहरूको खण्डन गरेका छन्।

ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी मुख्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर कँडेलले आफ्ना विरुद्ध आएका समाचारको खण्डन गरे।

‘मेरो चरित्र हत्या गर्ने गरेर समाचार आएका छन्। म नेपाली नागरिक हुँ’, उनले भने, ‘मलाई भारतीय नागरिक भएको प्रमाणित गर्न चुनौती दिन्छु।

नवरलपरासी जिल्लाको सीमावर्ती भारतीय सहर ठूटीबारी, महाराजगन्जमा आफ्नी अजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको बताए।

‘मेरो नाममा भारतीय नागरिकता त के, मेरो नाममा भारतमा एक इञ्च पनि जमिन भएको पुष्टि गरेर देखाउन चुनौती दिन्छु’, उनले भने, ‘स्कुल बाहेक भोट हालेको सावित गरे दण्ड सजाय भोग्न तयार छु।

कँडेलले झुटो आरोप लगाएर मान प्रतिष्ठामा आँच पुर्‍याउँदा अत्यन्तै दुःख लागेको बताए। नेपाली कांग्रेसका नेता कँडेलले आफूले भारतीय सवारी चालक अनुमतिपत्र भने लिएको स्वीकार गरेका छन्।

बाल्यकालदेखि स्नातक तहसम्म भारतमा अध्ययन गरेको र शैक्षिक प्रमाणपत्रका आधारमा सवारी चालक अनुमतिपत्र लिएको कँडेलले बताए।

‘भारतदेखि तेस्रो मुलुक जाने अधिकांश नेपालीले ती मुलुकको सवारी चालक अनुमति पत्र लिएका हुन्छन्’, उनले भने, ‘सवारी चालक अनुमति पत्र लिँदैमा कोही पनि अन्य मुलुको नागरिक हुँदैन।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद कँडेलले आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा मुद्धा खेपिरहेको बताए।

सन् १९५० को सम्झौताका आधारमा नेपालीले पनि भारतमा सामाजिक संघसंस्था सञ्चालन गर्न पाउने भएकाले हजुरआमाले खोलेको क्याम्पस (तत्कालीन विद्यालय)को अध्यक्ष भएको बताए।

कँडेलले भारतीय भूमिमा आफ्नो नाममा जग्गा जमिन नभएको बताए। आफूलाई अपहरणकारी भएको दाबी गर्ने सञ्चार माध्यमविरुद्ध कानूनी उपचारमा जाने कँडेलले चेतावनी दिएका छन्।

पत्रकार सम्मेलनमा उनले एक महिना अगाडि आफू भारतीय र नेपाली सुरक्षा अधिकारीको संयुक्त बैठकमा सहभागी भएको तस्बिर देखाएका थिए।

‘म अपहरणकारी भएको भएँ के यसरी दुबै देशका सुरक्षा अधिकारी सहभागी भएको कार्यक्रममा उपस्थित हुने हिम्मत राख्थे ? प्रश्न गर्दै उनले भने, ‘ममाथि हुँदै नभएको आरोप लगाइएको छ। कानूनी उपचारमा जान्छु।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कँडेलले आफ्नाविरुद्ध षड्यन्त्र भएको बताए। ‘लोकतन्त्रका लागि संघर्ष गरेको मविरुद्ध षड्यन्त्र भएको छ’, उनले भने।

नियोजित रुपमा मेरो चरित्र हत्या हुने गरेर भारतीय नागरिक भनेर अपराधी सरह समाचार छापेर के गर्न खोजिएको हो ?आफू नेपाली नागरिक भएको प्रमाणहरू नेता कँडेलले पत्रकारहरूलाई वितरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...