News Portal

  • पुरानो घटना कोट्याउदै प्रहरी, स्वास्थ्यमन्त्री यादव पक्राउ पर्न सक्ने

    हिमाली संचार संवाददाता
    ४४२ पटक

    कार्तिक ५, २०७६ काठमाडौं : धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन्।

    गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन्। यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो। विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ।

    रौतहटको १२ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ। यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ।

    हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन रहेको समाचार आजको दृष्टि साप्ताहिकमा प्रकाशित छ।

    ७ चैत २०६३ मा गौर नरसंहार भएको थियो। जसमा २७ जना माओावदी कार्यकर्ताको विभत्स हत्या भएको थियो। माओवादी कार्यकर्ताहरुलाइ लखेटीलखेटी विभत्स ढंगले हत्या भएको थियो।

    त्यो घटनामा तत्कालीन मधेशी जनाधिकार फोरमका नेता यादव विरुद्ध मृतकका परिवारले उजुरी दिएका थिए तर अहिलेसम्म त्यो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन। आलमलाई पक्राउ गरेपछि यादवलाई पनि पक्राउ गरी कारबाही गर्न गौर हत्याकाण्डका पीडितहरु प्रहरीमा जान थालेको स्रोत बताउँछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...