आज : २०२६-०६-०८, सोमबार

कविता – अमर छन हाम्रा वीर शहिद

– दल बहादुर शाही 

देशका  निम्ति  अाफ्नो  रगत बगाए
बिना हात हतियारमा  दुस्मन भगाए
त्यसैले अमर छन हाम्रा वीर शहिद

बचाएका थिए नालापानी र काँकडा
कत्ति  छोडेनन  पुरै  देशको अाँकडा
त्यसैले  अमर छन हाम्रा वीर सहिद

बलभद्र ,भक्ति र कालू पाण्डे काजि
देशका लागि अाफ्नै ज्यानको बाजि
त्यसैले अमर छन हाम्रा वीर सहिद

बगाएको रगत पनि पवित्र अनि शुद्ध
सीता , भृकुटी ,जनक  र गौतम बुद्ध
त्यसैले अमर  छन  हाम्रा वीर सहिद

गंगलाल, अमर सिह , भानु भक्त पनि
शुक्रराज  सहित  देशमा  शसक्त पनि
त्यसैले  अमर  छन हाम्रा वीर सहिद

सत्तामा जमाएका अंग्रेजहरुसँग लडे
बहादुरीका  साथ  डठेर  अगाडि बढे
त्यसैले  अमर  छन हाम्रा वीर सहिद।।

~ कैलाली धनगढी