News Portal

विवाह प्रस्ताव अस्वीकार गर्दा प्रेमिकाको हत्या, प्रेमी रामहरि पक्राउ

हिमाली संचार संवाददाता
६०३ पटक

कार्तिक १, २०७६ राजविराज : आमाछोरीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहको लहान नगरपालिका– २ घर भई उदयपुरको त्रियुगा नगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय रामहरि साह रहेका छन्।

त्रियुगा नगरपालिका–९, चौकीबारीकी २८ वर्षीया शारदाकुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचनाकुमारीको असोज २४ गते हत्या भएको थियो।

आमाछोरी हत्या प्रकरणमा पक्राउ परेका साह शारदाकुमारीका प्रेमी रहेको खुलेको छ। साहलाई जिल्ला प्रहरी कार्यालय उपयपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

शारदासँग प्रेम सम्बन्धमा रहेको साहले स्वीकारेका छन्। शारदाले विवाह प्रस्ताव अस्वीकार गरी केही समय यता आफूलाई वास्ता नगरेपछि हत्या गरेको साहले बयान दिएका छन्।

पहिला सलले घाँटी कसेर त्यसपछि धारिलो हतियारले रेटी हत्या गरेको उनको भनाइ छ। विवाह प्रस्ताव अस्वीकार भएपछि साहले हत्या योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीले साहको कोठाबाट सारदाका सुनका गहना समेत बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...