News Portal

विवाह प्रस्ताव अस्वीकार गर्दा प्रेमिकाको हत्या, प्रेमी रामहरि पक्राउ

हिमाली संचार संवाददाता
५४४ पटक

कार्तिक १, २०७६ राजविराज : आमाछोरीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहको लहान नगरपालिका– २ घर भई उदयपुरको त्रियुगा नगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय रामहरि साह रहेका छन्।

त्रियुगा नगरपालिका–९, चौकीबारीकी २८ वर्षीया शारदाकुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचनाकुमारीको असोज २४ गते हत्या भएको थियो।

आमाछोरी हत्या प्रकरणमा पक्राउ परेका साह शारदाकुमारीका प्रेमी रहेको खुलेको छ। साहलाई जिल्ला प्रहरी कार्यालय उपयपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

शारदासँग प्रेम सम्बन्धमा रहेको साहले स्वीकारेका छन्। शारदाले विवाह प्रस्ताव अस्वीकार गरी केही समय यता आफूलाई वास्ता नगरेपछि हत्या गरेको साहले बयान दिएका छन्।

पहिला सलले घाँटी कसेर त्यसपछि धारिलो हतियारले रेटी हत्या गरेको उनको भनाइ छ। विवाह प्रस्ताव अस्वीकार भएपछि साहले हत्या योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीले साहको कोठाबाट सारदाका सुनका गहना समेत बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...