News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कांग्रेस जिल्ला सभापति कुट्ने वडाध्यक्ष सुमन मल्ललाई उन्मुक्ति

    हिमाली संचार संवाददाता
    ५५३ पटक

    कार्तिक १, २०७६ नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्ने गरी सीतापुर घटनाका मुख्य दोषीलाई छुट्कारा दिएको भन्दै कांग्रेसले आक्रोश जनाएको छ।

    नेपाली कांग्रेस बाँकेले बिहीबार विज्ञप्ति जारी गरेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले सभापति कोइरालाको हात भाँच्नेलाई कारबाही नगरेको भन्दै विरोध जनाएको छ।

    सीतापुर घटनामा घाइते भएकी कोइरालाका छोरा एवम् नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य शुधांशु कोइरालाले खजुरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्ललाई मुख्य दोषी भनेर किटान गरी मल्लसहित १० जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुदा दर्ता गरेका थिए।

    बाँके प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाध्यक्ष मल्लविरुद्धको मुद्धा दर्ता नै नगरी उन्मुक्ति दिएपछि कांग्रेसले आक्रोश पोखेको हो। नेपाली कांग्रेस बाँकेले जिल्ला प्रहरी कार्यालय बाँकेले फितलो अनुसन्धान गरेर मुख्य दोषीलाई छुट्कारा दिएको आरोप लगाएको छ।

    सचिव कपिलदेव शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय बाँकेले कम्युनिष्ट सरकारको दवावको कारण फितलो अनुसन्धान गरी मुख्य दोषीलाई उन्मुक्ति दिने उद्देश्यले दर्ता गरेको जाहेरीको १ नम्वरमा नाम रहेका अन्यायी सुमन मल्लको नाम जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रमाणको अभावमा मुद्दा चलाउन नसक्ने भनी प्रहरी प्रशासन, सरकारी वकिल कार्यालय र कम्युनिष्ट सरकारको मिलेमतोमा मुख्य दोषीलाई छुटकारा दिई अन्य व्यक्तिहरूलाई मात्र मुद्दा चलाएकोप्रति हाम्रो घोर आपत्ति छ।

    राजनीतिक दवाव र घटनाको सत्यतथ्य जाँच नगरी एकतर्फीरुपमा सत्ताको दुरुपयोग गर्दै बाँके प्रहरी प्रमुखले पार्टी सभापति लगायत अन्य नेतालाई अभद्ररुपले फोनमार्फत धम्क्याउने कोशिस गर्नु, सत्ताको आडमा जथाभावी गर्नु, मुख्य दोषीलाइ मुद्दा नचलाउनु, फितलो अनुसन्धान गर्नु, पीडितलाई न्याय नदिनु जस्ता घृणित कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।

    नेपाली कांग्रेस बाँकेले मुख्य दोषीलाई कार्वाही र पीडितलाई न्यायका लागि सम्वन्धित सरोकारवाला निकाय र नेपाल सरकारसँग माग गरेको छ। आफ्नो मागको सुनुवाई नभए पुनः आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने नेपाली कांग्रेस बाँकेले चेतावनी दिएको छ।

    भदौ २६ गते खजुरा गाँउपालिका वडा नम्बर २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत्को दोस्रो चरणको कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थानीयस्तरका नेता तथा खजुरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतले सभापति कोइरालाको हात भाँच्चिने गरी आक्रमण गरेको कांग्रेसको आरोप छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ३०, २०८२ (मे १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवकलाई धम्क्याउने पक्राउ

    काठमाडौं, वैशाख २९ – गृहमन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न सरकारी निकायका कर्मचारीहरूलाई धम्की दिने...

    राजावादीको आन्दोलनविरुद्ध गाउँ–गाउँमै प्रतिवाद गर्न प्रचण्डको आह्वान

    काठमाडौं, वैशाख २९ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादी शक्तिहरूको आन्दोलनलाई सुरुमै...

    भारतले सबै विमानस्थल सञ्चालनमा ल्यायो, युद्धविरामपछि सामान्य बन्दै हवाई यातायात

    काठमाडौं, वैशाख २९ – भारत–पाकिस्तानबीच पछिल्लो समय चर्किएको तनाव केही सहज बन्दै गएका संकेत देखिन...

    बीमा रकम हिनामिना प्रकरणमा एक कर्मचारी पक्राउ

    दाङ, वैशाख २९ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको होलेरीस्थित उपशाखा कार्यालयमा कार्यरत एक कर्मचारी बीमितहरूबाट...