News Portal

ठगी आरोपमा नेकपा प्रदेशसभा उम्मेदवार पक्राउ

हिमाली संचार संवाददाता
४९४ पटक

गोविन्द महतो/असोज ३०, २०७६ धनुषा : जनकपुरधाम स्थित सहयोगी विकास बैंक लिमिटेड संचालक समितिका सदस्य दिपेन्द्रकुमार यादव (दिपु) पक्राउ परेका छन्।

किर्ते गरेर ठगी गरेको आरोपमा फरार नेकपाका नेतासमेत रहेका यादव पक्राउ परेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

यादव जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निवासबाट पक्राउ परेका हुन्। यादवमाथि जनकपुरधाम १० कालालबाबु रौनियारको धितो राखिएको जग्गाको रकमचुक्ता फिर्ता नगरेको अभियोग छ।

८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादव कहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए। ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए।

पीडित रौनियारको बर्दिवास स्थित रहेको ५ कठ्ठाजग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको दाबी गरिएको छ।

जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो तर उनी फरार थिए। यादव धनुषाको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका थिए।

पक्राउ परेका यादवलाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...