News Portal

ठगी आरोपमा नेकपा प्रदेशसभा उम्मेदवार पक्राउ

हिमाली संचार संवाददाता
५४२ पटक

गोविन्द महतो/असोज ३०, २०७६ धनुषा : जनकपुरधाम स्थित सहयोगी विकास बैंक लिमिटेड संचालक समितिका सदस्य दिपेन्द्रकुमार यादव (दिपु) पक्राउ परेका छन्।

किर्ते गरेर ठगी गरेको आरोपमा फरार नेकपाका नेतासमेत रहेका यादव पक्राउ परेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

यादव जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निवासबाट पक्राउ परेका हुन्। यादवमाथि जनकपुरधाम १० कालालबाबु रौनियारको धितो राखिएको जग्गाको रकमचुक्ता फिर्ता नगरेको अभियोग छ।

८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादव कहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए। ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए।

पीडित रौनियारको बर्दिवास स्थित रहेको ५ कठ्ठाजग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको दाबी गरिएको छ।

जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो तर उनी फरार थिए। यादव धनुषाको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका थिए।

पक्राउ परेका यादवलाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...