News Portal

  • शितलनिवासबाट विमानस्थल पुग्न हेलिकप्टरमा उडिन राष्ट्रपति भण्डारी

    हिमाली संचार संवाददाता
    ४९७ पटक

                                   तस्बिर : नारायण महर्जन/सेतोपाटी

    असोज २९, २०७६ काठमाडौं : म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन्। सडक हुँदै विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ।

    सवारीका कारण सडक जाम हुँदा राष्ट्रपतिको आलोचना हुँदै आएको थियो। उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्।

    म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यहाँ उनले राष्ट्रपति मिन्टसँग दुई पक्षीय भेटवार्ता गर्ने छिन्।

    स्टेट काउन्सिलर आङ साङ सुचीसँग भेटवार्ता गर्नेछिन्। राष्ट्रपति भण्डारीले म्यानमारमा रहेका नेपाली मुलका नागरिकहरूलाई भेट गर्ने कार्यक्रम रहेको छ। उनि सँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव म्यानमारका लागि जाँदैछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दसैँमा पनि खुला रहने आयल निगमका यी १३ डिपो

    काठमाडौँ, असोज  १२ – दसैँको सार्वजनिक बिदामा समेत नेपाल आयल निगमले इन्धन आपूर्ति निरन्तर राख्ने...

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आखाँहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...