News Portal

  • यिनै हुन् विश्वका प्रेरणादायी महिलाको सूचीमा परेकी नेपाली चेली बोनीता शर्मा

    हिमाली संचार संवाददाता
    ५०४ पटक

    असोज २९, २०७६ काठमाडौं : नेपाली चेली बोनीता शर्मा विश्वका प्रेरणादायक र प्रभावशाली १०० महिलाको सूचीमा पर्न सफल भएकी छन्। बीबीसीले सन् २०१३ देखि हरेक वर्ष विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक महिलाको सूची सार्वजनिक गर्दै आइरहेको छ।

    महिलाको अनुकरणीय काम विश्वभर फैलाउने उद्देश्यका साथ प्रकाशित गर्ने गरेको सूचीमा श्रृंगार सामग्री उद्यमी बाँबी ब्राउन, संयुक्त राष्ट्रसंघकी ड्युटी सेक्रेटरी जनरल अमीना मोहम्मदसँगै सामाजिक कार्यकर्ता मलाला युसुफजलगायत परिसकेका छन्।

    विगत वर्षझैं यस वर्ष पनि बीबीसीले सूची सार्वजनिक गरेको छ, जसमा विभिन्न देशका महिलासँगै शर्मा पनि समेटिएकी छन्। शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स संस्थाकी संस्थापक हुन्। उनी नेतृत्वको संस्थाले महिला सशक्तीकरणसँगै पोषण क्षेत्रमा काम गर्दै आइरहेको छ।

    बीबीसीले महिला सशक्तिकरणसँगै पोषण क्षेत्रमा शर्माले पुर्‍याएको योगदानको कदर गर्दै विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई पनि समेटिएको जनाएको छ। बीबीसीका अनुसार, शर्मा निकै संघर्षका साथ सामाजिक सेवामा आएकी हुन्।

    सुरुमा उनलाई गृहिणी बन्ने चर्को दबाव थियो तर, आमाको प्रेरणाले डिग्री हासिल गरेकी उनले महिला शिक्षा र तिनको सशक्तीकरणका लागि भूमिका खेलेको बीबीसीमा उल्लेख छ। महिला शिक्षाका लागि उनका परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ।

    उनको संस्थाले ‘सोचाइ पोषणका लागि युवा कार्यक्रम’लगायतका अभियान अगाडि बढाउँदै आएकाे छ। कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न उनले न्युट्रबिड्स डिजाइन गरेको बीबीसीमा उल्लेख गरेको छ। त्यस्तै, आफ्ना बच्चाहरूलाई कसरी पोषणयुक्त खाना खुवाउन सकिन्छ भनेर उनले फलाएको जागरणलाई पनि बीबीसीले उदाहरणीय भनेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...