News Portal

  • सल्यानमा बालबिवाह गरेको आरोपमा ७ जना पक्राउ

    हिमाली संचार संवाददाता
    ४०८ पटक

    इन्द्र बुढाथोकी/असोज २९, २०७६ सल्यान : सल्यानमा बाल विवाह गर्ने र गराउने पण्डित सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्लाको कपुरकोट गाउँपालीका वडा नम्बर ५ जामुनेप फल्ले पानीमा बालविवाह भएर टिका टालो गर्दैगर्दा गोप्य सुचनाका आधारमा १५ बर्षिय बेहुला र १४ बर्ष कै बेहुलीलाई आइतबार दिउसो ईलाका प्रहरी कार्यलय लुहामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

    यस्तै बालविवाह गराउने ५५ बर्षिय बेहुलाका बुवा, ५० बर्षिया आमा पक्राउ परेका छन। यस्तै बेहुलीका ५६ बर्षका बुवा, ४२ बर्षिया आमा र पण्डित त्रिबेणी गाउँपालीका वडा नम्बर ५ टुनिबोट बस्ने ४८ बर्षिय हरी प्रसाद गौतम सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ।

    उमेर नपुगी उनिहरु बिच विवाह भएको भन्ने गोप्य सुचनाका आधारमा आईतबार उनिहरुलाई पक्राउ गरिएको प्रहरी नायव निरक्षक उमाकान्त जोसिले बताउनु भयो।

    उनि जिल्ला अदालत सल्यानबाट ७ दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    नेपालको संविधान अनुसार बालविवाह गर्ने गराउने कार्यमा दोषि ठहरिए ३ वर्षको कैद र ३० हजार जरिवानाको सजाय रहेको छ। दुई वर्षको अवधीमा ६ बालबिबाह रोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    गत हप्ता मात्रै बालविवाह गरेको आरोपमा सिद्ध कुमाख गाउँपालिकाबाट ७ जना पक्राउ परेका थिए भने फेरी यो पटक पनि कपुरकोट गाउँपालिकाबाट सातै जना पक्राउ परेका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...