News Portal

एनआरएनएमा पनि ‘अरिँगाल’ आतंक, कुमार पन्त कुटपिटमा उत्रिएपछि..  

हिमाली संचार संवाददाता
६४० पटक

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार कुमार पन्त र उनका सहयोगी भनिने राम जीबी पन्तले दादागिरि देखाएका छन्।

नेपाली कांग्रेस निकटको जनसम्पर्क समितिका सभापति शिखर खड्कालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका कुमार पन्त र उनका सहयोगी राम जीबी पन्तले हातपात गरेका हुन्।

कुमार पन्तले नेकपाको समर्थनमा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

चुनावी माहोल नजिकै गर्दा नामावली दर्ता गर्ने काम भैरहँदा कुमार पन्तले ‘त यहाँ बडि हुन्छस्, तलाई ठीक पारदिउँ’ भनि हातपात गरेको पीडित खड्काले बताएका छन्।

पीडित खड्काले भनेका छन्, ‘मैले आफ्नै काम गरिरहेको थिए। उहाँ एक्कासि आएर त जर्मन बस्ने र मेरो सपोर्ट नगर्ने भनि हातपात गर्नु भयो। म आफ्नो ज्यान जोगाना भाग्दै साथीहरू समक्ष पुगे, उनले भनेका छन्, ‘कुमार पन्तले तँ अहिले नेपालमा छस् म जेपनि गर्न सक्छु धम्की दिनुभएको छ।

अध्यक्षका उम्मेदवार कुमार पन्तले धम्की दिएर बाहिर निस्किएको खड्काले बताएका छन्।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन असोज महिनाको २८ गतेदेखि ३० गतेसम्म हुँदैछ। यसपटकको चुनावमा अध्यक्ष पदको लागि दुई उम्मेदवार कुल आचार्य र कुमार पन्तले उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...