News Portal

एनआरएनएमा पनि ‘अरिँगाल’ आतंक, कुमार पन्त कुटपिटमा उत्रिएपछि..  

हिमाली संचार संवाददाता
५९९ पटक

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार कुमार पन्त र उनका सहयोगी भनिने राम जीबी पन्तले दादागिरि देखाएका छन्।

नेपाली कांग्रेस निकटको जनसम्पर्क समितिका सभापति शिखर खड्कालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका कुमार पन्त र उनका सहयोगी राम जीबी पन्तले हातपात गरेका हुन्।

कुमार पन्तले नेकपाको समर्थनमा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

चुनावी माहोल नजिकै गर्दा नामावली दर्ता गर्ने काम भैरहँदा कुमार पन्तले ‘त यहाँ बडि हुन्छस्, तलाई ठीक पारदिउँ’ भनि हातपात गरेको पीडित खड्काले बताएका छन्।

पीडित खड्काले भनेका छन्, ‘मैले आफ्नै काम गरिरहेको थिए। उहाँ एक्कासि आएर त जर्मन बस्ने र मेरो सपोर्ट नगर्ने भनि हातपात गर्नु भयो। म आफ्नो ज्यान जोगाना भाग्दै साथीहरू समक्ष पुगे, उनले भनेका छन्, ‘कुमार पन्तले तँ अहिले नेपालमा छस् म जेपनि गर्न सक्छु धम्की दिनुभएको छ।

अध्यक्षका उम्मेदवार कुमार पन्तले धम्की दिएर बाहिर निस्किएको खड्काले बताएका छन्।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन असोज महिनाको २८ गतेदेखि ३० गतेसम्म हुँदैछ। यसपटकको चुनावमा अध्यक्ष पदको लागि दुई उम्मेदवार कुल आचार्य र कुमार पन्तले उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...