News Portal

सांसद मोहम्मद अफताब आलम पक्राउ

हिमाली संचार संवाददाता
५११ पटक

शिव पुरी/मातृका दाहाल
२६ आश्विन २०७६ रौतहट : नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई शेखइर्दिस गेटबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ।

२०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ।

संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए। प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो।

२०६५ असार ३० गते महान्यायाधीवक्ताको कार्यालय मार्फत जिल्ला सरकारी कार्यालय रौतहटले अनुसन्धान प्रतिवदेन हेरेर मुद्दा नचलाउने निर्णय गरेको थियो।

२०६९ जेष्ठ १४ तत्कालिन न्यायाधीश शुशीला कार्कीको इजलासले जघन्य अपराधमा छानबिन गरेर मुद्दा चालाउने आधार हुँदा हुँदै अनुसन्धान नगरेकोमा सुरुबाट अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो। सर्वोच्चको आदेश पालना नगरेको भन्दै घटनाका पीडित परिवारले अदालतको मानहानी भएको भन्दै पुन: सर्वोच्चमा निवदेन दिएका थिए।

आलमलाईपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले पुष्टि गरेका छन्। एसपी खत्रीले सर्वोच्चको आदेश अनुसार आरोपीलाई पक्राउ गरेर थुनामा राखिएको बताए। ‘आदेश पालना नगर्दा मानहानी हुने देखेर आजै हामीले आलमलाई पक्राउ गरेका हौं। आज सार्वजनिक बिदा परेकाले भोली म्याद थपका लागि अदालत उपस्थित गराइन्छ,’ उनले भने।

आलम नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति एवं पूर्व केन्द्रिय सदस्य समेत हुन्। उनलाई पक्राउ गरेसँगै प्रहरीले जिल्लामा सुरक्षाकर्मीलाई उच्च सतर्कताको अवस्थामा राखेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...