News Portal

गजल

हिमाली संचार संवाददाता
६८७ पटक

दिपक आचार्य “जलन”

भित्री गुण थाहा छैन बाहिर रूपवती चाहिन्छ
अचेल त हरेकलाई राम्री श्रीमती चाहिन्छ

कृतिम सुन्दरताले गजबको मोहनी लगाएछ
नसोध्नु सिङार पटारमा खर्च कति चाहिन्छ

तिम्रो मायाले मात्र घर चल्दैन जिन्दगी चल्दैन
जिन्दगी चलाउन त आखिर सम्पत्ती चाहिन्छ

म आँसुमा स्नान गरुला पिरमा मुस्कुराउला
यो जिन्दगीबाट लैजाउ खुसी जति चाहिन्छ

तिमी कतिसम्म अँध्यारोमा बस्न सकौली र
एकदिन यहि दिपक चाहिन्छ कि बत्ती चाहिन्छ
।।

बर्दिया, नेपाल
हाल : साउदी अरब

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...