News Portal

साढे ३३ किलो सुन तस्करी मुद्धा, उच्च अदालतद्धारा जिल्ला अदालतको फैसला सदर

हिमाली संचार संवाददाता
६११ पटक

सरोज यादव, विराटनगर – साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मद्दाका तीन जना अभियुक्तलाई जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । पुर्पक्षको लागि थुनामा रहेका पुन्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङे र राजन कुमारलाई उच्च अदालत विराटनगरले विहीबार जिल्लाको आदेशलाई सदर गरेको हो । सुन तस्करी प्रकरण मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरुले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि मुलुकी ऐनको अदालती बन्दोवस्तीको १७ नम्बर गरेका थिए ।

जसमा बुधबार उच्च अदालतमा दुई वटा इजलासमा छुटाछुटै बहस भएको थियो । उच्च अदालतका मुख्य न्यायाधिस डा. कुलरत्न भुर्तेल र न्यायाधिस उमेशकुमार सिंहको संयुक्त १ नम्बर इजलासले लामा र तोलाङेलाई जिल्लाको आदेश सदर गरेको हो । त्यस्तै न्यायाधिसद्धय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त २ नम्बर इजालसले राजन कुमारको हकमा पनि जिल्लाको आदेश सदर गर्ने आदेश गरेको छ । १ नम्बर इजालमा भएको बहसमा वादीकोतर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला न्याधिवक्ता पुण्यप्रसाद पाठक, जिल्ला सहन्याधिवक्ता पदमप्रसाद वस्तरीले बहस गरेका थिए ।

प्रतिवादीको तर्फबाट अधिवक्ता रमिता महर्जन, हरिनारयण चौधरी र उद्धबप्रसाद घिमिरले गरेका थिए । त्यस्तै २ नम्बर इजालसमा भएको बहसमा बादीकोतर्फबाट जिल्ला सहन्याधिवक्ता पदम वस्तीले गरेका थिए भने प्रतिवादीकोतर्फबाट विकास थापा र यामबहादुर मगरले गरेका थिए । अभियुक्त भएको भन्दै जिल्ला अदालतको आदेशमा पुर्पक्षका क्रममा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका प्रहरी अधिकारीहरु दिवेश लोहनी, विकासराज खनाल, सञ्जयबहादुर राउत, गोविन्द्र प्रसाद निरौला र हेमन्त गौतमको एकै थान रहेको मुद्दालाई फुटाएर पेश गर्न आदेश उच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलासले बिहीबार पाँचै जना आरोपीको एकै थान रहेको मुद्दालाई बेग्ला बेग्लै बनाएर पेश गर्न आदेश दिएकोे हो। यी पाँचै जनाले असार ७ मा उच्च अदालतमा निवेदन दिएकाले एकै थान बनाएर मुद्दा पेश भएको थियो । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी उच्च अदालतमा ३० आरोपीको पेशी चढेको थियो। ती मध्ये बिहीबार ८ जनाको मात्र सुनवाई भएको हो । नेस

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...