News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पापिनी आमा : जसले दुई सन्तानलाई चर्पीमा डुबाएर मारिन् !

    हिमाली संचार संवाददाता
    ६४८ पटक

    ताप्लेजुङ – के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्-‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले !’

    ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् ।

    कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।

    छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् ।

    बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन् । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।

    त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट जमुनालाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी जमुनालाई स्थानीयले स्थानीय अस्पतालमा लगे । त्यहाँ उपचार सम्भव नभएसम्म एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए तर, बुधबार साँझ उनको मृत्यु भयो ।

    कमलाकी आमा संयमायासँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । स्थानीयले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।

    जंगाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो । प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबैलाई कुटपिट गरेर हत्या गरेको फालेको आशंका गरिएको छ ।

    कमला कता गइन् भन्ने खुलेको छैन । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले भने- ‘उनको मति बिगि्रएर यस्तो कुकर्म गरेकी होलिन् ।’

    कमलाको कथा

    जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन् । उनले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् ।

    तर, सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा दुई छोरीलाई जम्म दिइकी थिइन् । उनीहरु भदौ ५ गते एक वर्ष पुथे ।

    तर, त्यसअघि नै आमाले नै उनको ज्यान लिएका छन् । प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन् भने कमलाको खोजी भइरहेको छ । अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...