News Portal

म्याग्दी (मोना) कुवेतद्वारा ८ बिरामीलाई आर्थिक सहयोग !

हिमाली संचार संवाददाता
८१३ पटक

७ अक्टोबर २०१९ कुवेत : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित भई पीडित भएका ८ जना बिरामीहरुलाई १ लाख ७४ हजार ४ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ।

म्याग्दीको बेनि बजारस्थित मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल, सदस्यहरु अमर कटवाल र मेख घर्ती, मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष ओमनारायण जुग्जाली, मोना युएईका अध्यक्ष रुद्र रोका लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको मोना कुवेतका वरिष्ठ उपाध्यक्ष दिपक छ्न्त्यालले जानकारी गराएका छन।

म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका ५ स्थायी बसोबास गर्ने प्रसाद परियार लामो समय देखी घाँटिमा क्यान्सर भएको छ। मालिका गाँउपालिका ३ स्थायी बसोबास गर्ने निल प्रसाद गुरुङ गाडी दुर्घटनामा परि गम्भिर घाइते भइ उपचारमा आर्थिक समस्या भएको छ।

मालिका गाँउपालिका ४ स्थायी बसोबास गर्दै आएका नर बहादुर किसान लामो समय देखी मृर्गौला पीडित भएका छन। बेनी नगरपालिका ९ स्थायी बसोबास गर्दै आएका रिजन रत्न परियार लामो समय देखी ब्लड क्यान्सरबाट ग्रसित भएका छन।

रघुगंगा गाँउपालिका २ स्थायी बसोबास गर्दै आएका ठाकुर परियार लामो समय देखी मृर्गौलामा खराब भइ अस्पतालमा उपचाररत छन। मालिका गाँउपालिका ३ स्थायी बसोबास गर्दै आएका मान बहादुर पटेल लामो समय देखी मृर्गौला पीडित भइ उपचाररत छन।

बेनी नगरपालिका ५ स्थायी बसोबास गर्दै आएका अमित दर्जी लामो समय देखी मृर्गौलामा खराब भइ अस्पतालमा उपचाररत छन। मंगला गाँउपालिका ५ स्थायी बसोबास गर्दै आएका दिप बहादुर बुढा मगर लामो समय देखी मृर्गौलामा समस्या भइ अस्पतालमा उपचाररत छन।

मोना कुवेतले ८ जना पीडितको लागि २१ हजार ८ सय १७ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ। कुवेतमा कार्यरत नेपाली लगायत विभिन्न संघसंस्थाबाट संकलन गरिएको उक्त रकम पीडितहरुलाई हस्तान्तरण गरिएको हो।

रोजगारीको सिलसिलामा कुवेत आइ दुबै मिर्गौला खराब भइ आदान अस्पतालमा उपचाररत सुरेश पुनलाई पनि केही समय पश्चात् आर्थिक सहयोग गर्ने बताएको छ।

मोना कुवेतले रोजगारीको सिलसिलामा कुवेत आइ अलपत्र परेका पीडितहरुको उद्धार गर्नुको साथै जिल्लामा समेत विभिन्न पीडितहरुको लागि सहयोग गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...