News Portal

  • म्याग्दी (मोना) कुवेतद्वारा ८ बिरामीलाई आर्थिक सहयोग !

    हिमाली संचार संवाददाता
    ७७७ पटक

    ७ अक्टोबर २०१९ कुवेत : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित भई पीडित भएका ८ जना बिरामीहरुलाई १ लाख ७४ हजार ४ सय नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    म्याग्दीको बेनि बजारस्थित मोना कुवेतका उपाध्यक्ष दिपक छन्त्याल, सदस्यहरु अमर कटवाल र मेख घर्ती, मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष ओमनारायण जुग्जाली, मोना युएईका अध्यक्ष रुद्र रोका लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको मोना कुवेतका वरिष्ठ उपाध्यक्ष दिपक छ्न्त्यालले जानकारी गराएका छन।

    म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका ५ स्थायी बसोबास गर्ने प्रसाद परियार लामो समय देखी घाँटिमा क्यान्सर भएको छ। मालिका गाँउपालिका ३ स्थायी बसोबास गर्ने निल प्रसाद गुरुङ गाडी दुर्घटनामा परि गम्भिर घाइते भइ उपचारमा आर्थिक समस्या भएको छ।

    मालिका गाँउपालिका ४ स्थायी बसोबास गर्दै आएका नर बहादुर किसान लामो समय देखी मृर्गौला पीडित भएका छन। बेनी नगरपालिका ९ स्थायी बसोबास गर्दै आएका रिजन रत्न परियार लामो समय देखी ब्लड क्यान्सरबाट ग्रसित भएका छन।

    रघुगंगा गाँउपालिका २ स्थायी बसोबास गर्दै आएका ठाकुर परियार लामो समय देखी मृर्गौलामा खराब भइ अस्पतालमा उपचाररत छन। मालिका गाँउपालिका ३ स्थायी बसोबास गर्दै आएका मान बहादुर पटेल लामो समय देखी मृर्गौला पीडित भइ उपचाररत छन।

    बेनी नगरपालिका ५ स्थायी बसोबास गर्दै आएका अमित दर्जी लामो समय देखी मृर्गौलामा खराब भइ अस्पतालमा उपचाररत छन। मंगला गाँउपालिका ५ स्थायी बसोबास गर्दै आएका दिप बहादुर बुढा मगर लामो समय देखी मृर्गौलामा समस्या भइ अस्पतालमा उपचाररत छन।

    मोना कुवेतले ८ जना पीडितको लागि २१ हजार ८ सय १७ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ। कुवेतमा कार्यरत नेपाली लगायत विभिन्न संघसंस्थाबाट संकलन गरिएको उक्त रकम पीडितहरुलाई हस्तान्तरण गरिएको हो।

    रोजगारीको सिलसिलामा कुवेत आइ दुबै मिर्गौला खराब भइ आदान अस्पतालमा उपचाररत सुरेश पुनलाई पनि केही समय पश्चात् आर्थिक सहयोग गर्ने बताएको छ।

    मोना कुवेतले रोजगारीको सिलसिलामा कुवेत आइ अलपत्र परेका पीडितहरुको उद्धार गर्नुको साथै जिल्लामा समेत विभिन्न पीडितहरुको लागि सहयोग गर्दै आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...