News Portal

  • महराको ‘फर्गेट यस्टर्डे’ मा के थियो पीडित महिलाको जवाफ ?

    हिमाली संचार संवाददाता
    १५०९ पटक

    अजयबाबु शिवाकोटी
    २०७६ असोज १५ काठमाडौं : संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको विषयमा महिलाले हाम्राकुरालाई दिएको भिडियो अन्तर्वार्ता दोस्रो भागमा दुई पक्षबीचको संवाद देखिएको छ।

    अहिलेसम्म सार्वजनकि नभएको यो भिडियो सोमबार हाम्राकुराले सार्वजनिक गरेको भिडियोको दोस्रो भाग हो। जुन भिडियोमा महरा र महिलाबीचको संवाद देख्न सकिन्छ। अन्तर्वार्ताका क्रममा भाइबरमा भएको संवादलाई महिलाले हाम्राकुरालाई देखाएकी थिइन।

    महिलाले महरासँगको संवाद मात्र देखाइनन उनले महराको छोरालाई उनका बाबुमाथि लगाएको आरोप सहितको मेसेज पनि देखाएकी थिइन। उनकै सहमतीमा उनीसँग रेकर्ड गरिएको भिडियोमा कुराकानी मात्र गरेकी छैनन उनले आफ्नो मोवाइलमा भएको संवादहरु पनि देखाएकी छिन्।

    भिडियो अन्तर्वार्ताका क्रममा ति महिलाले आइतवार साँझ राजिनामा दिएका सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन।

    जवर्जस्ती करणीको गम्भीर आरोप लागेका सभामुख महराले ति महिलालाई आइतवार राती दश बजेतिर ‘हाइ’ भनेका थिए।

    त्यसको जवाफ नपाएका महराले विहान महिलालाई उठ्नुभयो भनेर फेरि मेसेज गरेका थिए। उनले अघिल्लो दिन भएको गल्तीको लागि माफि मागेका थिए। उनले हिजो अर्थात आइतवार रातीको घटना बिर्सिदिन भनेका थिए। महराले भाइबरमा लेखेका छन्, ‘फर्गेट यस्टर्डे। आइएम भेरी सरी’।

    महराले पिडित महिलासँग कुरा गरिरहँदा उनकै नम्वरबाट पिडितलाई पटकपटक फोन गरि घटनालाई नउचाल्न दवाव दिएको भिडियो सोमवार नै हाम्राकुराले सार्वजनिक गरिसकेको छ।

    उनले यो घटनालाई सामान्य घटना भएको उल्लेख गर्दै मिडियामा नलैजान पनि दवाव दिएका थिए। उनले भाइवर म्यासेजमा पनि सोहि प्रकृतिको सन्देश पठाएको पिडितले हामीलाई देखाएकी थिइन।

    पहिलो भाग :

    दोस्रो भाग :

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...