News Portal

  • सुचनाप्रविधिमैत्री तालिमकाे अायाेजना

    हिमाली संचार संवाददाता
    ५२३ पटक

    दुर्गा विसि/सल्यान १४ अाश्विन : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको लागि २ दिने सुचना प्रविधि सम्बन्धि तालिमकाे अायाेजना गरिएको छ। क्षमता विकासका लागि सुचना प्रविधि र पञ्जिकरण व्यवस्थापन गर्ने उदेश्यका साथ तालिमकाे अायाेजना गरिकाे बनगाडकुपिण्डेनगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि गाेविन्द कुमार पुनले वताउनु भयो।

    नगरका सम्पूर्ण हरेक गतिविधि अावश्यकता परेकाेवेला तथ्यांक जस्ताको तस्तै फेरिस्त अाउन र देखाउनकाे लागि समेत जरुर रहेको औंल्याएको छ। १२ वटै वडामा कार्यरत कर्मचारी, जनप्रतिनिधि, वडाध्यक्ष, विषयगत शाखाका प्रमुखहरुलाई तालिम दिन लागिएको छ। सञ्चारमैत्री र प्रविधिको याे युगमा ईन्टरनेट ज्ञानको अावश्यकता टड्कारो रहेकाे बनगाड कुपिण्डे नगरका प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्रीले जानकारी दिनु भएको छ।

    जाे काेहि पनि यसकाे ज्ञानलिनु जरुरी छ। सरकारि कार्यलयहरुमा त झनै टड्कारो अावश्यकता खड्किएको जनाउनु भएको छ। दुई दिने तालिमबाट सबै विषयगत शाखाका कर्मचारी र जनप्रतिनिधिहरुले अा अाफ्नाे वडालाइ प्रविधिमय कामकाज हुने विश्वास लिएकाे छ। स्थानीय तहमा पञ्जिकरणकाे सफ्टवेयरकाे प्रयोगात्मक अभ्यास, थेउरिकल कुरा, पञ्जिकरण सुचना, नगरमा सुचना प्रविधि प्रयोग र समस्याका विषयमा प्रशिक्षण दिइने छ।

    बनगाडकुपिण्डेनगर उपप्रमुख मञ्जु यरिकाे अध्यक्षता हुने कार्यक्रम सुचना प्रविधि सम्वन्धि केपि इन्जिनियरिङ्ग साेलुसन प्रालिका प्रकाश केसि, जिवराज केसि र आइटी अफिसर भिम पुनले प्रशिक्षण दिने जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...