News Portal

सुचनाप्रविधिमैत्री तालिमकाे अायाेजना

हिमाली संचार संवाददाता
५९१ पटक

दुर्गा विसि/सल्यान १४ अाश्विन : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको लागि २ दिने सुचना प्रविधि सम्बन्धि तालिमकाे अायाेजना गरिएको छ। क्षमता विकासका लागि सुचना प्रविधि र पञ्जिकरण व्यवस्थापन गर्ने उदेश्यका साथ तालिमकाे अायाेजना गरिकाे बनगाडकुपिण्डेनगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि गाेविन्द कुमार पुनले वताउनु भयो।

नगरका सम्पूर्ण हरेक गतिविधि अावश्यकता परेकाेवेला तथ्यांक जस्ताको तस्तै फेरिस्त अाउन र देखाउनकाे लागि समेत जरुर रहेको औंल्याएको छ। १२ वटै वडामा कार्यरत कर्मचारी, जनप्रतिनिधि, वडाध्यक्ष, विषयगत शाखाका प्रमुखहरुलाई तालिम दिन लागिएको छ। सञ्चारमैत्री र प्रविधिको याे युगमा ईन्टरनेट ज्ञानको अावश्यकता टड्कारो रहेकाे बनगाड कुपिण्डे नगरका प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्रीले जानकारी दिनु भएको छ।

जाे काेहि पनि यसकाे ज्ञानलिनु जरुरी छ। सरकारि कार्यलयहरुमा त झनै टड्कारो अावश्यकता खड्किएको जनाउनु भएको छ। दुई दिने तालिमबाट सबै विषयगत शाखाका कर्मचारी र जनप्रतिनिधिहरुले अा अाफ्नाे वडालाइ प्रविधिमय कामकाज हुने विश्वास लिएकाे छ। स्थानीय तहमा पञ्जिकरणकाे सफ्टवेयरकाे प्रयोगात्मक अभ्यास, थेउरिकल कुरा, पञ्जिकरण सुचना, नगरमा सुचना प्रविधि प्रयोग र समस्याका विषयमा प्रशिक्षण दिइने छ।

बनगाडकुपिण्डेनगर उपप्रमुख मञ्जु यरिकाे अध्यक्षता हुने कार्यक्रम सुचना प्रविधि सम्वन्धि केपि इन्जिनियरिङ्ग साेलुसन प्रालिका प्रकाश केसि, जिवराज केसि र आइटी अफिसर भिम पुनले प्रशिक्षण दिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...