News Portal

साउदी अरबका राजाका अंगरक्षकको गोली हानी हत्या

हिमाली संचार संवाददाता
५३४ पटक

साउदी ३० सेप्टेम्बर : साउदी अरबका राजाको अंगरक्षक अब्दुल अजिज अल फागमको गोली हानेर हत्या भएको छ।

अब्दुल अजिज साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक थिए। जेद्दाहस्थित साथीको घरमा गएको बेला उनको हत्या भएको अरब न्युजले जनाएको छ।

मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन्। चर्को भनाभन भएपछि उनकै साथीले गोली हानेर अल फागमको हत्या गरेको प्रहरीले जनाएको छ।

ती व्यक्तिले आफ्नै भाइ र एक फिलिपिनी कामदारमाथि पनि गोली चलाएका थिए। उनीहरु घाइते भएका छन्।

तत्काल घटनास्थल पुगेका प्रहरीमाथि पनि उनले गोली चलाएको र पाँच जना प्रहरीसमेत घाइते भएको मक्का प्रहरीले बताएका छन्। प्रहरीले ती व्यक्तिलाई गोली हानेर मारेको छ।

सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने बताएका छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...