News Portal

साउदी अरबका राजाका अंगरक्षकको गोली हानी हत्या

हिमाली संचार संवाददाता
४६९ पटक

साउदी ३० सेप्टेम्बर : साउदी अरबका राजाको अंगरक्षक अब्दुल अजिज अल फागमको गोली हानेर हत्या भएको छ।

अब्दुल अजिज साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक थिए। जेद्दाहस्थित साथीको घरमा गएको बेला उनको हत्या भएको अरब न्युजले जनाएको छ।

मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन्। चर्को भनाभन भएपछि उनकै साथीले गोली हानेर अल फागमको हत्या गरेको प्रहरीले जनाएको छ।

ती व्यक्तिले आफ्नै भाइ र एक फिलिपिनी कामदारमाथि पनि गोली चलाएका थिए। उनीहरु घाइते भएका छन्।

तत्काल घटनास्थल पुगेका प्रहरीमाथि पनि उनले गोली चलाएको र पाँच जना प्रहरीसमेत घाइते भएको मक्का प्रहरीले बताएका छन्। प्रहरीले ती व्यक्तिलाई गोली हानेर मारेको छ।

सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...