News Portal

ज्ञानेन्द्र शाही प्रकरण : ठकुरी सहयोग संजाल प्रदेश ५ द्वारा आपत्ति

हिमाली संचार संवाददाता
७९६ पटक

असोज १३ नेपालगन्ज : भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आइरहनु भएका नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाही लगायत अन्य अभियन्ताहरु माथि शनिबार चितवन जिल्ला भरतपुर नगरपालिकाको चौबीस कोटीमा भएको आक्रमणको ठकुरी सहयोग संजाल प्रदेश नम्बर ५ ले गम्भीर खेत एवं आपत्ति प्रकट गरेको छ।

ठकुरी सहयोग संजाल प्रदेश नम्बर ५ का संयोजक संयोगजंग शाहाद्वारा जारी बिज्ञप्तीमा भनिएको छ – “देशमा जातीय सद्भाव कायम गर्दै राष्ट्रिय एकताको जग मजबुत गरी कानुनी शासन स्थापित गर्नुपर्ने बेला भ्रष्टाचार जस्तो जघन्य अपराधको शान्तिपूर्वक गरेको बिरोध गर्यो भनेर त्यसका नाममा संविधानले समेत प्रदान गरेको नागरिकको मौलिक हक अभिव्यक्ति स्वतन्त्र माथि प्रहार गरेको यस संस्था टुलुटुल हेरेर बस्न सक्दैन नागरिकको मौलिक हक अधिकार रक्षाको लागि आवश्यक परेको समयमा कुनैपनि विचार वादको पछि विपक्षीमा नरहि स्वतन्त्रपूर्वक विरोध प्रदर्शन गर्न सक्ने।” बिज्ञप्तिमा भनिएको छ।

साथै विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षित हुन समेत आग्रह गरिएको छ। संजाल ५ ले देश तथा विदेशका सम्पुर्ण शाखाहरुमा पनि यस्ता घृणित कार्यको घोर विरोध गर्न अपिल समेत गरेको छ।

ज्ञानेन्द्र शाही माथि भएको हमला नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा माथिको फरार भएकोले उनीमाथि आक्रमण गर्ने संस्थागत समूह अथवा व्यक्तिविशेष जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउन अपिल गरिएको छ।

बिज्ञप्ति:

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...