News Portal

  • एउटा धाराको महसुल १७ हजार भन्दा बढी तिर्नुपर्ने !

    हिमाली संचार संवाददाता
    ६१२ पटक

    १० असोज २०७६ उदयपुर : उदयपुरको कटारीमा सञ्चालित कटारी साना सहरी खानेपानी तथा सरससफाई आयोजनाका सामान्य उपभोक्ताले पानीकै महसुल १७ हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्ने भएको छ।

    यतिमात्र नभई आयोजनाले पहिल्यै १४ हजारमा वितरण गरेको पूराना धारानै अहिले ४० हजारमा किनबेच भइरहेका छन्। कटारीमा एउटा सामान्य परिवारलाई पूरै घरपरिवारको घरखर्च धान्ने रकम बराबरको पानीकै महसुल आएपछि उपभोक्ताहरु अन्यौलमा छन्।

    कटारी–३ का कैशल प्रसाद साहको पहिलो महिनाकै खानेपानीको महसुल १७ हजार ४ सय २ रुपैयाँ आएको छ। त्यसैगरी कटारी–३ कै रुक्मणि घिमिरेको नाममा रहेको बर्रेली होटल सञ्चालक पियुमति पुरीले सञ्चालन गर्दै आएको धाराको महसुल पनि १५ हजार २ सय ७४ रुपैयाँ आएको छ।

    समितिले छाप र हस्ताक्षरबिनाको बिल उपभोक्ताहरुलाई दिंदै आएको छ । २८ सय ५० धाराको लक्ष्य रहेकोमा आयोजनाले हाल १४ हजारमा १८ सय ३९ र गरिबीका रेखामुनी रहेका १ सय ८३ लाई निःशुल्क धारा वितरण गरेको छ।

    आयोजनाले धारा जडानमै सिण्डिकेट गरेर ४ वर्ष पहिले प्रतिधारा १४ हजारका दरले रकम संकलन गरेर नम्बर लिएका धारा अहिले केही व्यक्तिले ४० हजार लिएर बेचेका छन्।

    ४ बर्ष पहिले केही व्यापारीले २५ वटा भन्दा बढी धाराको पैसा जम्मा गराएर राखेका थिए। यस्ता धाराको संख्या ५ सय ५० वटा छन्। त्यो समयमा पैसा संकलन गरेको धारा नम्बर जडान पूरा नभएसम्म नयाँ लिन नपाइने भएपछि नयाँ उपभोक्ता बाध्य भएर व्यापारीलाई चर्को पैसा तिरेर धारा जडान गर्न बाध्य छन्।

    यी सबै विषय साधारणसभामा उठ्ने डरका कारण १ दशकदेखि आयोजनाको साधारण सभा नभएकोमा स्थानीय रुष्ट छन्।

    नयाँ आयोजना भन्दा अघिल्लो सिन्कौले धारामा रहेका ३ सय उपभोक्ताहरुको धारा अहिले विस्थापित बनेका छन्। उक्त धाराहरुमा पनि प्रतिधारा ७ हजार रुपैया बिना हिसाब किताब गायब भएको उपभोक्ताहरुले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...