News Portal

मनकारी हिमा शिवाकोटीले गरिन अक्षयकोषमा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५७७ पटक

आरपी ढुंगाना,
८ असोज २०७६ झापा : हिन्दुहरुको महान पर्व बडादशैको पुर्वार्धमा पर्ने सोह्रश्राद्धमा आफ्ना दिवङगत पित्रीहरु धर्तिमा ओर्लन्छ्न भन्ने मान्यता रहेको छ।

यही समयमा हिन्दुधर्मावलम्बीले दिवङगत पित्रीहरुको नाममा दानधर्म गर्ने, पुन्यकाम गर्ने, १६ दिनभित्र पर्ने तिथिका आधारमा श्राद्ध गर्ने परम्परा रहेको छ।

यही सिलसिलामा वैदेशिक रोजगारीको लागि दुई वर्षदेखि युएईमा रहेकी झापा अर्जुनधारा- २ खुदुनाबारी, कुमीटारकी कर्मयोगी आमा साबित्रादेवी शिवाकोटीकी छोरी हिमा शिवाकोटीले आफ्ना ५ जना पित्रीहरुको नाममा असहाय बालबालिकाहरुको लागि स्थापना हुन लागेको १० लाख रुपैयाँको अक्षयकोषमा २० हजार रुपैयाँ सहयोग गरेकी छन्।

भारतको मणिपुरबाट बसाइँ सर्दै झापाको शनिअर्जुन नगरपालिका- ३ कुमीटारमा जीवनका अन्तिम श्वास फेरेका उक्त एरियामा सर्पले टोकेका बिरामीहरुको परम्परागर उपचार गरी नामी वैधको परिचय बनाएका कर्णखर शिवाकोटीलाई उनकी नातिनी हिमा शिवाकोटी स्मरण गर्दै घरका हजुरबुबाको नाममा अक्षयकोषमा केही रकम जम्मा गरेकी हुन्।

हिमा सानै छँदा निधन भएका हजुरबुबासँगका लामा सम्झनाहरु हिमालाई नभएपनि अहिले हजुरबुवाको महानता र समाजसेवीपनबारे बुझेर परदेशबाट भए पनि पित्रीहरुलाई सम्झेर आफ्ना अग्रजहरुको नाम अमर बनाउन दानधर्म गरेको हिमाले बताएकी छन्।

उनै मनकारी व्यक्तित्व हिमा शिवाकोटीले आफ्ना मावलीतर्फका हजुरबुबा धनश्याम भण्डारी र हजुरआमाहरु रेनुकादेवी भण्डारी र पदममाया भण्डारीको नाममा पनि सहयोग हस्तान्तरण गरेकी हुन्।

हिमाले आफ्नी ठुलीआमा जानुकादेवी भण्डारी कटेलको नाममा पनि गरिव, असहाय बालबालिकाहरुको लागि झापाली समाजले स्थापना गर्न लागेको अक्षयकोषमा ५ जनाको नाममा जम्मा २० हजार रुपैयाँ जम्मा गरेकी हुन्।

झापाको जयपुर-बुधबारे क्षेत्रमा कुनै समय प्रसिद्ध ज्योतिषीको रुपमा परिचित घनश्याम भण्डारी र उनका २ श्रीमतीहरुका नाममा उनकै कान्छी छोरी बिष्णुकुमारी भण्डारीले १० हजार रुपैयाँ सोही कोसमा जम्मा गरेकी छन्।

मनकारी व्यक्तित्व हिमा शिवाकोटीलाई समाजको तर्फबाट धन्यवाद दिदै हिमा शिवाकोटीको यो सहयोगसँगै झापाली समाजले असहाय बालबालिकाहरुका लागि स्थापना गर्न लागेको अक्षयकोषमा निर्धारित गरिएको रकम पूरा भएको र आगामी असोज २८ गते अक्षयकोष घोषणासभा तथा दाता सम्मान कार्यक्रम झापाको सुरुङ्गामा गर्न लागेको अक्षयकोष संकलन समितिका संयोजक पारस लामाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...