News Portal

मनकारी हिमा शिवाकोटीले गरिन अक्षयकोषमा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५३५ पटक

आरपी ढुंगाना,
८ असोज २०७६ झापा : हिन्दुहरुको महान पर्व बडादशैको पुर्वार्धमा पर्ने सोह्रश्राद्धमा आफ्ना दिवङगत पित्रीहरु धर्तिमा ओर्लन्छ्न भन्ने मान्यता रहेको छ।

यही समयमा हिन्दुधर्मावलम्बीले दिवङगत पित्रीहरुको नाममा दानधर्म गर्ने, पुन्यकाम गर्ने, १६ दिनभित्र पर्ने तिथिका आधारमा श्राद्ध गर्ने परम्परा रहेको छ।

यही सिलसिलामा वैदेशिक रोजगारीको लागि दुई वर्षदेखि युएईमा रहेकी झापा अर्जुनधारा- २ खुदुनाबारी, कुमीटारकी कर्मयोगी आमा साबित्रादेवी शिवाकोटीकी छोरी हिमा शिवाकोटीले आफ्ना ५ जना पित्रीहरुको नाममा असहाय बालबालिकाहरुको लागि स्थापना हुन लागेको १० लाख रुपैयाँको अक्षयकोषमा २० हजार रुपैयाँ सहयोग गरेकी छन्।

भारतको मणिपुरबाट बसाइँ सर्दै झापाको शनिअर्जुन नगरपालिका- ३ कुमीटारमा जीवनका अन्तिम श्वास फेरेका उक्त एरियामा सर्पले टोकेका बिरामीहरुको परम्परागर उपचार गरी नामी वैधको परिचय बनाएका कर्णखर शिवाकोटीलाई उनकी नातिनी हिमा शिवाकोटी स्मरण गर्दै घरका हजुरबुबाको नाममा अक्षयकोषमा केही रकम जम्मा गरेकी हुन्।

हिमा सानै छँदा निधन भएका हजुरबुबासँगका लामा सम्झनाहरु हिमालाई नभएपनि अहिले हजुरबुवाको महानता र समाजसेवीपनबारे बुझेर परदेशबाट भए पनि पित्रीहरुलाई सम्झेर आफ्ना अग्रजहरुको नाम अमर बनाउन दानधर्म गरेको हिमाले बताएकी छन्।

उनै मनकारी व्यक्तित्व हिमा शिवाकोटीले आफ्ना मावलीतर्फका हजुरबुबा धनश्याम भण्डारी र हजुरआमाहरु रेनुकादेवी भण्डारी र पदममाया भण्डारीको नाममा पनि सहयोग हस्तान्तरण गरेकी हुन्।

हिमाले आफ्नी ठुलीआमा जानुकादेवी भण्डारी कटेलको नाममा पनि गरिव, असहाय बालबालिकाहरुको लागि झापाली समाजले स्थापना गर्न लागेको अक्षयकोषमा ५ जनाको नाममा जम्मा २० हजार रुपैयाँ जम्मा गरेकी हुन्।

झापाको जयपुर-बुधबारे क्षेत्रमा कुनै समय प्रसिद्ध ज्योतिषीको रुपमा परिचित घनश्याम भण्डारी र उनका २ श्रीमतीहरुका नाममा उनकै कान्छी छोरी बिष्णुकुमारी भण्डारीले १० हजार रुपैयाँ सोही कोसमा जम्मा गरेकी छन्।

मनकारी व्यक्तित्व हिमा शिवाकोटीलाई समाजको तर्फबाट धन्यवाद दिदै हिमा शिवाकोटीको यो सहयोगसँगै झापाली समाजले असहाय बालबालिकाहरुका लागि स्थापना गर्न लागेको अक्षयकोषमा निर्धारित गरिएको रकम पूरा भएको र आगामी असोज २८ गते अक्षयकोष घोषणासभा तथा दाता सम्मान कार्यक्रम झापाको सुरुङ्गामा गर्न लागेको अक्षयकोष संकलन समितिका संयोजक पारस लामाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...