News Portal

  • अखबारमा राखेका खानेकुरा खाँदा क्यान्सरको जोखिम

    हिमाली संचार संवाददाता
    ४९९ पटक

    काठमाडौँ — के गाउँ के सहर प्राय: ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन् । अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्छन् ।

    तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ ।

    तर एउटा कुन कुरा हामीले कहिल्यै भुल्नु हुन्नु भने, अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण मानिन्छ । यो अभ्यासलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था गरिएको नपाइए पनि भारतमा त्यहाँको सरकार यसप्रति निकै गम्भीर भएको छ ।

    ‘भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (ईएफएसएसएआई)’ ले हालै एडभाइजरी जारी गर्दै अखबारमा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका लागि खतरनाक बताउँदै भारतीय नागरिकलाई यसप्रति सचेत गराएको छ ।

    अखबारलाई थालका रूपमा उपयोग गर्दा क्यान्सर लगायत हुने खतरा बढछ । पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, मृगौलाको रोग हुने जोखिममा समेत वृद्घि हुन्छ । यस्ता खानेकुराले बालबालिका र बूढापाका बढी प्रभावित हुन्छन्, किनकि उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ ।

    अखबारमा समाचार वा फोटो छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा डाई, पिग्मेन्टस, अल्कोहल, आइसोब्युटाल फटालेट, प्रिजरभेटिभ, ग्रेफाइट, डाइएन आइसोब्युटाइलेट जस्ता रसायन हुन्छन् । यी सबै रसायन निकै खतरनाक हुन्छन् । यिनको थोरै अंशले पनि तपाईंहाम्रो शरीरमा क्यान्सरजस्तो घातक रोग उत्पन्न गर्न सक्छ ।

    अखबारमा राखिएका खाद्यपदार्थ सेवन गर्दा पाचन प्रणाली पनि प्रभावित हुन्छ । अखबारको मसीमा हुने रसायनले गर्दा हाम्रो पाचन प्रणालीमा प्रतिकूल असर पर्छ ।

    अर्को कुरा, अखबारमा उपयोग गरिने मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । यसले गर्दा फोक्सो र मूत्राशयको क्यान्सर हुने जोखिम बढ्छ ।

    अखबारको मसीमा भएका हानिकारक रसायनहरूले हाम्रो हार्मोनलाई समेत प्रभावित गर्छन् । अनि शरीरको हार्मोन असन्तुलित हुँदा थुप्रै रोगले आक्रमण गर्नेखतरा भइरहन्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...

    आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

    काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष...

    बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

    विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले...