News Portal

राजपा सांसद रेशम चौधरी रिहा गर्न प्रधानमन्त्री निवासमा छलफल

हिमाली संचार संवाददाता
४५४ पटक

६ असोज २०७६ काठमाडौं : राष्ट्रिय जनता पार्टीबाट कैलाली–१ मा निर्वाचित सांसद रेशम चौधरीलाई जेलमुक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको खुलेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा लगाइएका मुद्दा फिर्ताका लागि बालुवाटारमा छलफल भएको खुुुलाएका हुन्।

‘टिकापुर घटनाका झुठा मुद्दा फिर्ता लिने विषयमा बालुवाटारमा कुरा भएको छ।

जनताबाट निर्वाचिन सांसदको ससम्मान रिहाई हुन सक्छ’, आइतबार सुनसरीको झुमकामा जितिया महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने,‘सबै झुठा मुद्दा सरकारले फिर्ता लिन सक्छ।

७ भदौ २०७२ मा टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।

उनले सो क्रममा थरुहट आन्दोलनमा पीडित बनाइएकाको न्यायका लागि सरकारले काम गर्ने पनि बताए। सोही मुद्दामा चौधरीसहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...