
५ असोज २०७६ असोज : माटोको ढिस्कोमा पुरिएर सुर्खेतको सिम्ता गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ।
दशैमा घर पोत्ने रातो माटो लिन गएकी नेपाली कांग्रेस सिम्ता गाउँपालिका वडा नम्वर ३ का सभापति अम्मर भण्डारीका श्रीमति ४९ बर्षिया दिपा भण्डारीको मृत्यु भएको हो।
आईतवार बेलुका ५ बजे तिर घर नजिकैको बयान जंगलमा रातो माटो लिन गएका बेला माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरेपछि घटना स्थलमै मृत्यु भएको जनाइएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
