News Portal

रिना हत्या काण्ड फेरि बल्झियो, रिनाकी आमा मिडियामा (भिडियो सहित)

हिमाली संचार संवाददाता
५८० पटक

५ असोज २०७६ पथरी : पथरीकी रिना बस्नेतको मृत्यु प्रकरण अहिले पनि बेला बेलामा उठिरहेको छ तर यसलाई कसैले हत्या भने त कसैले मापसे गरेर झरेर मृत्यु भएको भने। अनुसन्धानमा थुप्रैलाई पक्राउ गरि प्रहरीले केरकार गर्‍यो।

आमा बिष्णुमाया खड्काले छोरीको आत्महत्या नभएर हत्या नै भएको बताउँछिन्। उनलाई आत्महत्या भन्ने कुरामा रतिभर विश्वास छैन् तर, अनुसन्धान गर्ने निकाय प्रहरी प्रसाशन हो।

प्रहरीले हत्या नभएर आत्महत्या भएको निश्कर्ष निकालेको छ तर बजारमा अझै रिनाको विषयमा टिकाटिप्पणी आईरहेको छ। ‘पथरीमा बजारमा पैसामा ढिसमिस भयो केस भन्नेहरु धैरै छन, तर तथ्यगत प्रमाण भने छैन्।

रिनाको आमाले छोरीको हत्या भएको बताउछिन्। सबैलाई हत्या भएको भनेर थाहा छ तर राज्यले किन आत्महत्या भन्यो ? आमाको प्रश्न छ। रिनाको आमाले एकदिन न एकदिन बाहिर रहस्य आउने र हत्यारा पत्ता लाग्ने बताईन्।

हामीलाई बाउआमा पनि बिके भनेर भनिएको रैछ आफ्नो सन्तान त्यस्तो अवस्थामा फेला पर्दा के तपाईहरु पैसा खान सक्नुहुन्छ, आमा बिष्णुमायाले गहभरी आँशु पार्दै भनिन्।

२९ वर्षीया रिना बस्नेत मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिपोर्ट र अन्तिम प्रतिवेदनले उनको हत्या नभएको पुष्टि गरेको प्रहरीले बताएका थियो। प्रहरीले रिनासँग लामो समयदेखि सम्पर्कमा रहेका प्रतिष्ठित व्यापारीसहित ५० जनासँग सोधपुछ र अनुसन्धान गरेको थियो।

रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ जाँच गरिएको थियो।

रिपोर्टमा कुनै यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाँचिएको, हतियार प्रहार नगरिएको, विष वा बेहोस बनाउने औषधि जन्य पदार्थको प्रयोग भएको नभेटिएको र टाउको तथा छातीको भित्री भागमा लागेको गम्भीर चोटका कारण रिनाको मृत्यु भएको प्रहरीको भनाई छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...