News Portal

ह्याकरले तपाइको पासवर्ड चोर्ने तरिका हेर्नुहोस

हिमाली संचार संवाददाता
५३३ पटक

एजेन्सी– पछिल्लो समय साइबर आक्रमणका घटनाहरु बढी रहँदा यस सम्बन्धि विभिन्न तथ्यहरु पनि सार्वजनिक हुँदै गएका छन्

साइबर आक्रमणमा ह्याकरहरुको मुख्य भूमिका हुने गर्छ । ह्याकरहरुले व्यक्तिले टाइप गरेको किबोर्डको आवाज सुनेरै पासवर्ड पत्ता लगाउन सक्ने एक अध्ययनले देखाएको छ ।

स्मार्टफोनमा हुने माइक्रोफोनको मद्दतले उनीहरुले हामीले किबोर्डमा टाइप गरिरहेको पासवर्ड सुन्ने र सहजै थाहा पाउन सक्ने बताइएको छ।

अनुसन्धानकर्ताहरुका अनुसार यो तरिका यति प्रभावकारी छ कि सयौँ मानिसहरु टाइप गरिरहेको अत्यन्तै हल्लायुक्त सार्वजनिक स्थलबाट समेत पासवर्ड थाहा पाउन सकिन्छ।

टेक्ससस्थित साउदर्न मेथोडिस्ट युनिभर्सिटी, एसएमयु का अध्ययनकर्ताले किबोर्डले निकाल्ने विभिन्न ‘साउन्ड वेभ’को विश्लेषण गर्ने क्रममा यस्तो पत्ता लगाएका हुन्।

यसरी ‘एकस्टिक सिग्नल’ प्रोसेस गरिसकेपछि उनीहरुले टाइप गरिएका अक्षर सजिलै थाहा पाएका हुन्। यो तरिकाले पासवर्ड मात्र नभएर मान्छेको व्यक्तिगत इमेल र मेसेजहरु पनि ह्याक गर्न सकिने बताइएको छ।

यस अनुसन्धानमा मद्दत गरेका एसएमयुका असिस्टेन्ट प्रोफेसर एरिक लार्सन भन्छन्, हामीले पत्ता लगाएको कुरालाई आधार मान्ने हो भने मेरो विचारमा स्मार्टफोन निर्माणकर्ताहरुले व्यक्तिगत गोपनीयतालाई गम्भीर रुपमा लिइ अर्को मान्छेको डाटाको पहुँच पाउने यस प्रकारका एपमाथि सेन्सर लगाउनुपर्छ।

स्मार्टफोनमा प्रायः कुनैपनि एप डाउनलोड गर्दा त्यसले माइक्रोफोन लगायत हाम्रो डिभाइसका विभिन्न टुलको पहुँच पाउन ‘पर्मिसन’ मागिरहेको हुन्छ।

यो कतिपय अवस्थामा एप सञ्चालनका लागि आवश्यक भएपनि ह्याकरहरुले सहजै दुरुपयोग गर्न सक्ने वा उनीहरु आफैँले त्यस किसिमको एप निर्माण गर्न सक्छन्। त्यस्तै गोप्य रुपमा हाम्रो मोबाइलको माइक्रोफोन हाइज्याक गर्न फोनमा भएका एप ह्याक गर्न पनि सक्ने बताइएको छ।

डाक्टर लार्सनले भनेका छन्, हामीले सुरक्षा प्रणालीका कमजोरीबारे अध्ययन गरिरहेका थियौँ। यस्तोमा हामीले स्मार्टफोनमा हुन सक्ने ‘अल्वेज अन’ अर्थात सधैँ अन रहने ‘सेन्सिङ डिभाइस’ फेला पारेका हौँ।

यसपछि हामीले किबोर्ड वा ल्यापटपमा टाइप गरेका कुरा थाहा पाउने कोशिश गर्यौँ । र आश्चर्यजनक रुपमा केबल एउटा एपकै मद्दतले टाढाको टेबलमा राखिएको मोबाइल फोन मार्फत टाइप भएका कुरा थाहा हुन सक्छ भन्ने पत्ता लगाएका छौँ।

यस्तोमा अनुसन्धानकर्ताहरुले पीडितलाई आफ्नो डिभाइस ह्याक भइरहेकाबारे कुनै खबर नहुने चेतावनी दिएका छन्। तर यसका पनि केही सीमित परिस्थिति हुन्छन् जस्तै ह्याकरलाई हामीले टाइप गरिरहेको टेबलबारे थाहा हुनुपर्छ किनकी फलाम र काठले निकाल्ने साउन्ड वेभ प्याटर्न फरक हुन्छन्।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...