News Portal

बाबुआमाको नाम चम्काउने आदर्श छोरी बिष्णुकुमारी !

हिमाली संचार संवाददाता
४६७ पटक

आरपी ढुंगेल,
५ झापा २०७६ असोज : झापाको उत्तरी सिमानामा पर्ने जयपुर बुधबारेमा कुनै समय नामी ज्योतिषीका रुपमा ख्याति कमाएका घनश्याम भण्डारीको निधन भएको करिब सात बर्ष बित्यो। आफ्नो क्षेत्रमा प्रसिद्धि कमाएका ज्योतिषी भण्डारी समाजसुधारक, सहयोगी र मनकारी व्याक्तित्वका रुपमा स्थापित थिए।

असहाय, गरिब र अनाथ बालबालिकाहरुलाई आफ्नै घरमा ल्याएर पालनपोषण गरी शिक्षादीक्षा प्रदान गर्ने भण्डारीको सेवाभावलाई उक्त क्षेत्रमा अझै पनि स्मरण गरिन्छ। उनै भण्डारीका ३ छोरा र ४ छोरीमध्ये कान्छी छोरी बिष्णुकुमारी भण्डारी लुइँटेलले बुबाको सेवाभाव र गुणलाई युएईबाट निरन्तरता दिएकी छन्।

विगत ९ वर्षदेखि युएईमा रोजगार गरिरहेकी बिष्णुकुमारीलाई आफ्ना बुबाआमाको नाम कसरी चम्काउने, बुवाआमाको बाटो कहिले/कसरी अवलम्बन गर्ने भन्ने लागिरहन्थ्यो।

यसैबीच झापाली समाजले असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्य लिएर स्थापना गर्न लागेको अक्षयकोषबारे आफ्ना देवर प्रमोद शर्मा लुइँटेलमार्फत बिष्णुकुमारीले जानकारी पाइन्।

त्यसपछि हाल अर्जुनधारा-४, शनिस्चरे स्थायी घर भएकी बिष्णुकुमारी भण्डारी लुइँटेलले आफ्ना बुबा घनश्याम भण्डारी, आमाहरु रेनुकादेवी भण्डारी र पदममाया भण्डारीको नाममा १० हजार ५१ रुपैयाँ असहाय बालबालिकाको लागि खडा गरिएको अक्षयकोषमा जम्मा गरेकी छन्।

परदेशमा बसेर पनि आफ्ना स्वर्गवासी आमाबुबाको नाममा पुन्य काम गरेर असल र आदर्श छोरीको भुमिका निर्वाह गरेकोमा बिष्णुकुमारी भण्डारीलाई अक्षयकोष संकलन समितिका सदस्य इवनारायण तिवारीले समिति र समाजको तर्फबाट आभार व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...