News Portal

बाबुआमाको नाम चम्काउने आदर्श छोरी बिष्णुकुमारी !

हिमाली संचार संवाददाता
४४१ पटक

आरपी ढुंगेल,
५ झापा २०७६ असोज : झापाको उत्तरी सिमानामा पर्ने जयपुर बुधबारेमा कुनै समय नामी ज्योतिषीका रुपमा ख्याति कमाएका घनश्याम भण्डारीको निधन भएको करिब सात बर्ष बित्यो। आफ्नो क्षेत्रमा प्रसिद्धि कमाएका ज्योतिषी भण्डारी समाजसुधारक, सहयोगी र मनकारी व्याक्तित्वका रुपमा स्थापित थिए।

असहाय, गरिब र अनाथ बालबालिकाहरुलाई आफ्नै घरमा ल्याएर पालनपोषण गरी शिक्षादीक्षा प्रदान गर्ने भण्डारीको सेवाभावलाई उक्त क्षेत्रमा अझै पनि स्मरण गरिन्छ। उनै भण्डारीका ३ छोरा र ४ छोरीमध्ये कान्छी छोरी बिष्णुकुमारी भण्डारी लुइँटेलले बुबाको सेवाभाव र गुणलाई युएईबाट निरन्तरता दिएकी छन्।

विगत ९ वर्षदेखि युएईमा रोजगार गरिरहेकी बिष्णुकुमारीलाई आफ्ना बुबाआमाको नाम कसरी चम्काउने, बुवाआमाको बाटो कहिले/कसरी अवलम्बन गर्ने भन्ने लागिरहन्थ्यो।

यसैबीच झापाली समाजले असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्य लिएर स्थापना गर्न लागेको अक्षयकोषबारे आफ्ना देवर प्रमोद शर्मा लुइँटेलमार्फत बिष्णुकुमारीले जानकारी पाइन्।

त्यसपछि हाल अर्जुनधारा-४, शनिस्चरे स्थायी घर भएकी बिष्णुकुमारी भण्डारी लुइँटेलले आफ्ना बुबा घनश्याम भण्डारी, आमाहरु रेनुकादेवी भण्डारी र पदममाया भण्डारीको नाममा १० हजार ५१ रुपैयाँ असहाय बालबालिकाको लागि खडा गरिएको अक्षयकोषमा जम्मा गरेकी छन्।

परदेशमा बसेर पनि आफ्ना स्वर्गवासी आमाबुबाको नाममा पुन्य काम गरेर असल र आदर्श छोरीको भुमिका निर्वाह गरेकोमा बिष्णुकुमारी भण्डारीलाई अक्षयकोष संकलन समितिका सदस्य इवनारायण तिवारीले समिति र समाजको तर्फबाट आभार व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...