News Portal

लामाडाँफे कन्ट्रसनद्वारा निर्माण गरेको नालामा कमसल ईट्टाकाे प्रयोग

हिमाली संचार संवाददाता
६०९ पटक

रबिन्द्र बराल, ५ असोज २०७६ मोरङ : रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत रंगेली ९ स्थित फर्सडागि चाेककाे दायाँ बायाँमा निर्माण भईरहेकाे नालामा कमशल ईट्टाकाे प्रयोग भएको पाईएकाे छ।

लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपाेखरीकाे सडक कालोपत्रे गर्नेकाम भने सुरु गरिसकेता पनि उक्त स्थानमा नाला नबन्दा दुखि भएका स्थानीयले बारम्बार सम्बन्धित निकायलाई जानकारी गराएपछि कन्ट्रसनले उक्त स्थानमा नाला निर्माण गर्न सुरु गरेको छ।

निर्माण भईरहेकाे उक्त नाला बनाउन सबै भन्दा पहिले जग बसाल्नेे समयमा नै कमसल ईट्टाकाे प्रयोग गरेपछि उक्त नाला कहिले सम्म टिक्ला साेझै अनुमान लगाउन सकिन्छ। रंगेली कानेपोखरी सडक कालोपत्रे गर्न सुरु समेत गरिसकेको छ।

ठेकेदार कम्पनीले पहिलो पटक र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोकसम्म १५.४४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ। ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हो।

पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्त भित्र सक्ने योजना रहेको लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले २०७४ असार ६ गते कामको जिम्मा पाएको र २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि काम भने सम्पन्न हुन सकेको छैन।

२५.४ किलोमिटर लम्बाईको योजनामा कूल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लिएको थियो।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...