News Portal

सिम्ता र बनगाडमा नेकपाका ५० कार्यकर्ता कांग्रेस प्रवेश

हिमाली संचार संवाददाता
६९८ पटक

इन्द्र बुढाथोकी, ४ असोज २०७६ सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १० मा नेपाली कांग्रेसको दोश्रो चरणको कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर १० को कुटिचौरमा भएको कार्यक्रममा नेपाल कांग्रेस नेता तथा शारदा नगरपालिका नगरप्रमुख सुरेश अधिकारी, दिपेन्द्र विष्ट, दुर्गा खड्का, उषा राना, खिमलाल बुढाथोकी र भुपाल शाहु लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

जनजागरण अभियानमा शनिबार नेकपा पार्टी परित्याग गरि पोखरसिह घर्तीसहित ३५ जनाले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको जिल्ला सदस्य उषा रानाले जानकारी दिएकी छन।

जनजागरण अभियानमा बोल्दे नेता सुरेश अधिकारीले अब कम्युनिस्ट सरकारले खासै केही गर्ने नसक्ने र यो देश, जनताको हितमा हुनेकाम कांग्रेसले मात्र गर्ने भएकोले अब सबै जनता नेपाली कांग्रेस तिर आउन लागेको बताएका छन।

त्यस्तै नेपाली कांग्रेसको दोश्रो चरणको जागरण कार्यक्रम अन्तर्गत सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर १ घोरेटा र २ नम्बर वडा काफलकोटका नेकपाका १५ जना कार्यकर्ताहरुले कांग्रेस प्रवेश गरेको विद्यार्थी नेता बिकि बादिले जानकारी दिएका छन।

कांग्रेस प्रवेश गर्नेमा सुर्य बहादुर हमाल समेत छन। अहिले नेपाली कांग्रेसले देशैभरी दोस्रो चरणको जागरण अभियान चलाइरहेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...