News Portal

सिम्ता र बनगाडमा नेकपाका ५० कार्यकर्ता कांग्रेस प्रवेश

हिमाली संचार संवाददाता
६५९ पटक

इन्द्र बुढाथोकी, ४ असोज २०७६ सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १० मा नेपाली कांग्रेसको दोश्रो चरणको कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर १० को कुटिचौरमा भएको कार्यक्रममा नेपाल कांग्रेस नेता तथा शारदा नगरपालिका नगरप्रमुख सुरेश अधिकारी, दिपेन्द्र विष्ट, दुर्गा खड्का, उषा राना, खिमलाल बुढाथोकी र भुपाल शाहु लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

जनजागरण अभियानमा शनिबार नेकपा पार्टी परित्याग गरि पोखरसिह घर्तीसहित ३५ जनाले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको जिल्ला सदस्य उषा रानाले जानकारी दिएकी छन।

जनजागरण अभियानमा बोल्दे नेता सुरेश अधिकारीले अब कम्युनिस्ट सरकारले खासै केही गर्ने नसक्ने र यो देश, जनताको हितमा हुनेकाम कांग्रेसले मात्र गर्ने भएकोले अब सबै जनता नेपाली कांग्रेस तिर आउन लागेको बताएका छन।

त्यस्तै नेपाली कांग्रेसको दोश्रो चरणको जागरण कार्यक्रम अन्तर्गत सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर १ घोरेटा र २ नम्बर वडा काफलकोटका नेकपाका १५ जना कार्यकर्ताहरुले कांग्रेस प्रवेश गरेको विद्यार्थी नेता बिकि बादिले जानकारी दिएका छन।

कांग्रेस प्रवेश गर्नेमा सुर्य बहादुर हमाल समेत छन। अहिले नेपाली कांग्रेसले देशैभरी दोस्रो चरणको जागरण अभियान चलाइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...