आज : २०२६-०८-२६, बुधबार

एकाबिहानै गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

४ असोज, २०७६ काठमाडौं : गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो। एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ।

२०७२ वैशाख १२ गते गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाादा ठूलो जनधनको क्षति भएको थियो।