News Portal

  • क्यानडाका प्रधानमन्त्रीको अनुहारमा कालो पोतिएको फोटो सार्वजनिक भएपछि..

    हिमाली संचार संवाददाता
    ४८९ पटक

    एजेन्सी २१ सेप्टेम्बर २०१९ : क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन्।

    लिवरल पार्टीका नेतासमेत रहेका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गर्नुपरेको हो।

    उनी २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उनले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ।

    ट्रूडोको त्यो फोटोले उनी विगतमा रंगभेदी थिए भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ। त्यही फोटोलाई लिएर विपक्षीहरूले उनी विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन्।

    आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘बिषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उनको भनाइ छ। उनले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताएका छन्।

    क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ। उनी त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा छन्।

    पुरानो फोटोले उनी अहिले तनावमा पर्नुका साथै नैतिक दवावमा समेत परेको समाचारमा जनाइएको छ। तर तस्वीरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आफू नभएको ट्रुडोको दावी छ।

    उनले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिबासी समुदायका व्यक्तिलाई समावेश गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...