आज : २०२६-०६-१५, सोमबार

इटहरीमा नेकपाका आफ्नै कार्यकर्ताले विथोलिदिए बैठक

३ असोज २०७६ इटहरी : नेकपा इटहरीको बैठक असन्तुष्ट पक्षले बिथोलेको छ। विहिबार गोप्यरुपमा एक पक्षीय बैठक बसेको भन्दै असन्तुष्ट पक्षले बिथोलेको हो।

नगर कमिटिमा २० दिन देखी लागेको ताला खोल्ने बिषयमा ध्यान नदिएको तर गोप्य रुपमा यसरी बैठक बसेको भन्दै असन्तुष्ट पक्षले बैठक बसेको स्थानमा नाराबाजी गर्दै बिथोलेको हो।

उनिहरुले गेप्य रुपमा बसेको नगर कमिटिको बैठकमा ६०/७० जनाको असन्तुष्ट पक्ष प्रबेश गरी नारावाजी गरेका थिए। बैठकमा जिल्ला ईन्चार्ज धर्मराज निरौलाको उपस्थीती रहेको थियो।

असन्तुष्ट पक्षले बैठक बस्दै गरेको थाहा पाए पछि नारा बाजी गर्दै बैठक बसेको स्थानमा प्रबेस गरेका थिए।

उनिहरुले इटहरी उपमहानगरको नयाँ कमिटि भँग गर, गुट बन्दीको अन्त्य गर, नातावाद अन्त्य गर जस्ता नारा लगाएका थिए। चर्को नाराबाजी भएपछी बैठक स्थगीत भएको थियो।