News Portal

फेवातालको बिजोग ताल होकि चौर छुट्याउनै गाह्रो

हिमाली संचार संवाददाता
५४६ पटक

पोखरा– गण्डकी प्रदेश सरकार अहिले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ । संघ सरकार पनि नेपाल भ्रमण वर्ष मनाउने तयारीमा छ । तर, नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको फेवाताल मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको छ । मानवीय अतिक्रमणले थिलथिलो पारेको फेवा फेरि प्राकृतिक अतिक्रमणमा परेको छ ।

फेवाताल संरक्षणको नाममा वर्षेनी करौडौं रुपैयाँ खर्चेको सरकारको दाबी छ । तर, जलकुम्भी र गेग्रानले ताल भरिएको न स्थानीय सरकारले देख्छ, न प्रदेश सरकारले ।  केही दिन अघिदेखिको वर्षातले बगाएर ल्याएको जलकुम्भीले यतिबेला फेवाताल ढकमक्क छ । जलकुम्भीले ताल हो कि चौर ? छुट्याउनै गाह्रो पर्छ ।

पच्चिस वर्षदेखि फेवामा डुंगा चलाउँदै आएका डुंगा चालक कृष्णबहादुर परियार वर्षेनी बर्खायाम सकिने बेला ताल जलकुम्भीले भरिने बताउँछन् । उनका अनुसार ताल संरक्षणमा न स्थानीयको चासो छ न महागनरको नै । डुंगा चालकले मिलेर जलकुम्भी पन्छ्याउने गरेको उनले सुनाए ।

‘हामीले नै हो सफा गर्ने त,’ उनले भने, ‘न यी ठुल–ठुला होटलवालाले सफा गर्छन् । न नगरपालिका आउँछ ।’ जलकुम्भीले ताल ढाक्दा डुंगा चलाउन पनि अप्ठ्यारो परेको उनको अनुभव छ । ‘जतापट्टि जलकुम्भी छैन त्यतैबाट डुंगा चलाउनुपर्छ नत्र त डुंगै चल्दैन,’ उनले भने ।

फेवाताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले आफूहरुले जलकुम्भी झिकिरहेको बताए । ‘लामो समयदेखिको झरिले गर्दा फेवाताल सिरानको जलकुम्भी बगाएर ल्यायो,’ उनले भने, ‘झरि रोकियो अब हामी सफा गर्नतिर लाग्छौं ।’

जलकुम्भी निकाल्नका लागि पोखरा महानगरपालिकाले क्यानडाबाट करोडौं रुपैयाँको मेसिन किनेर ल्याएको थियो दुई वर्षअघि । जलकुम्भीको जालो निकाल्न नसकेर मेसिन यसै थन्किएको छ ।  मेयर मानबहादुर जीसीलाई हामीले सोध्यौ । फेवाताल संरक्षणकै लागि करौडौं खर्चियौ भनेर दाबी गरि रहनुहुन्छ । खै त फेवाताल सफा ? फेवाताल त जलकुम्भिले ढकमक्क छ नि ! जवाफमा उनले भने, ‘झरी परिरहेको थियो । त्यसैले सफा गर्न सकिएको थिएन । अब झरी सकियो हामी सफा गर्न लाग्छौं ।’

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...