News Portal

  • फेवातालको बिजोग ताल होकि चौर छुट्याउनै गाह्रो

    हिमाली संचार संवाददाता
    ४६८ पटक

    पोखरा– गण्डकी प्रदेश सरकार अहिले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ । संघ सरकार पनि नेपाल भ्रमण वर्ष मनाउने तयारीमा छ । तर, नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको फेवाताल मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको छ । मानवीय अतिक्रमणले थिलथिलो पारेको फेवा फेरि प्राकृतिक अतिक्रमणमा परेको छ ।

    फेवाताल संरक्षणको नाममा वर्षेनी करौडौं रुपैयाँ खर्चेको सरकारको दाबी छ । तर, जलकुम्भी र गेग्रानले ताल भरिएको न स्थानीय सरकारले देख्छ, न प्रदेश सरकारले ।  केही दिन अघिदेखिको वर्षातले बगाएर ल्याएको जलकुम्भीले यतिबेला फेवाताल ढकमक्क छ । जलकुम्भीले ताल हो कि चौर ? छुट्याउनै गाह्रो पर्छ ।

    पच्चिस वर्षदेखि फेवामा डुंगा चलाउँदै आएका डुंगा चालक कृष्णबहादुर परियार वर्षेनी बर्खायाम सकिने बेला ताल जलकुम्भीले भरिने बताउँछन् । उनका अनुसार ताल संरक्षणमा न स्थानीयको चासो छ न महागनरको नै । डुंगा चालकले मिलेर जलकुम्भी पन्छ्याउने गरेको उनले सुनाए ।

    ‘हामीले नै हो सफा गर्ने त,’ उनले भने, ‘न यी ठुल–ठुला होटलवालाले सफा गर्छन् । न नगरपालिका आउँछ ।’ जलकुम्भीले ताल ढाक्दा डुंगा चलाउन पनि अप्ठ्यारो परेको उनको अनुभव छ । ‘जतापट्टि जलकुम्भी छैन त्यतैबाट डुंगा चलाउनुपर्छ नत्र त डुंगै चल्दैन,’ उनले भने ।

    फेवाताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले आफूहरुले जलकुम्भी झिकिरहेको बताए । ‘लामो समयदेखिको झरिले गर्दा फेवाताल सिरानको जलकुम्भी बगाएर ल्यायो,’ उनले भने, ‘झरि रोकियो अब हामी सफा गर्नतिर लाग्छौं ।’

    जलकुम्भी निकाल्नका लागि पोखरा महानगरपालिकाले क्यानडाबाट करोडौं रुपैयाँको मेसिन किनेर ल्याएको थियो दुई वर्षअघि । जलकुम्भीको जालो निकाल्न नसकेर मेसिन यसै थन्किएको छ ।  मेयर मानबहादुर जीसीलाई हामीले सोध्यौ । फेवाताल संरक्षणकै लागि करौडौं खर्चियौ भनेर दाबी गरि रहनुहुन्छ । खै त फेवाताल सफा ? फेवाताल त जलकुम्भिले ढकमक्क छ नि ! जवाफमा उनले भने, ‘झरी परिरहेको थियो । त्यसैले सफा गर्न सकिएको थिएन । अब झरी सकियो हामी सफा गर्न लाग्छौं ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

    काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित...

    काला चस्मा भित्र लुकेका कोप्चा आशंकाहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...

    पूर्वराजा ज्ञानेन्द्रले यसपालि टीका नलगाइदिने

    काठमाडौं, असोज १२ – राष्ट्र शोक र विध्वंशको अवस्थामै रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस...