News Portal

सुरक्षा निकायहरुलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारले सहयोग गर्ने

हिमाली संचार संवाददाता
४३५ पटक

तारा आचार्य 
विराटनगर ३० भदौ २०७६ : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षा र सुशासन प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले सुरक्षा निकायहरुलाई प्रविधि मैत्री बनाउन सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रदेश सरकारको सहयोगमा जडान भएको सिसिटिभी क्यामेरा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुरक्षा निकायहरुलाई साधन श्रोत सम्पन्न गराउन सकिए शान्ति सुरक्षा सुदृढ बनाउन सकिने बताउनु भयो।

उहाँले एक कार्यक्रम बीच प्रदेश सरकारको सहयोगमा जडान गरिएको सिसिटिभी क्यामेरा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा कायम गराउन समुदाय संगसंगै संघीय, प्रदेश र स्थानीय सरकारले पनि साधनश्रोतमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले प्रहरीलाई प्रविधि मैत्री बनाउन सके अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुगी शान्ति सुरक्षा सुदृढ हुने विश्वास दिलाउनु भयो।

प्रदेश सरकारको १ करोड १४ लाख रुपैयाँ सहयोगमा ६० किलोमिटर सडकमा फाइबर ओच्छ्याइएको छ भने ३७ वटा फिक्स्ड र २१ वटा पिटिजेड गरी ५८ वटा क्यामराहरु जडान गरेर निगरानी थालिएको हो।

३ महिनासम्म दृष्यहरु संरक्षित गरेर राख्न सकिने गरी जिल्ला प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय बेलबारी र पथरीमा डाटा स्टोरेज गर्ने प्रबन्ध मिलाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...