News Portal

कांग्रेसलाई १४औँ महाधिवेशन गराउन बाटो खुल्यो

हिमाली संचार संवाददाता
६८७ पटक

३१ भदौ २०७६, काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन क्षेत्रस्तरका संरचना गठनसँगै १४औं महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। कांग्रेसले शनिबारसम्म ३५ जिल्लाको निर्वाचन क्षेत्रीय कार्यसमिति गठन भइसकेका छन्।

एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा क्षेत्रीय समिति नचाहिने र बाँकी ७ जिल्लामा केही दिनमै गठन भइसक्नेछ। राज्य पुनःसंरचनाका क्रममा दुई जिल्ला थपिनुका साथै वडा, गाउँ, नगर र निर्वाचन क्षेत्र समायोजन भएपछि कांग्रेसका तत्कालीन संरचना भत्किएका थिए।

संविधान जारी भएको चार वर्ष पुग्न लाग्दा बल्ल कांग्रेसले संघीय ढाँचाअनुसार संरचना बनाउन लागेको हो। पुरानै संरचनालाई समायोजन गरेर अन्तरिम कार्यसमिति गठन गर्न केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन गराउन गठित निर्वाचन समितिलाई जिम्मा दिएको थियो।

पार्टीका तल्ला तहका संरचना नहुँदा महाधिवेशन प्रक्रियासमेत अघि बढ्न सकेको थिएन । अहिले गठन भएका संरचना अन्तरिम अवधिका लागि हुन्। सभापति शेरबहादुर देउवाले एक वर्ष कार्यकाल थपेर ७७ फागुनसम्म महाधिवेशन गर्ने जानकारी केन्द्रीय कार्य समिति बैठकमा गराइसकेका छन्।

विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष कार्यकाल बढाउन पाइन्छ । संविधानले त्यसमा थप ६ महिनाको सुविधासमेत दिएको छ। महाधिवेशन अघि बढाउन पार्टीको क्रियाशील सदस्यताको नवीकरण र वितरण गर्नुपर्ने हुन्छ।

क्रियाशील सदस्यता वितरण र नवीकरणको काम विधानले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई सुम्पेको छ। क्षेत्रीय कार्यसमितिले पनि वडा, गाउँ र नगर कार्यसमितिको सिफारिसअनुसार क्रियाशील सदस्यता टुंगो लगाउने गर्छन्।

महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन क्षेत्रीयस्तरका कार्यसमितिसँगै गाउँ, नगर र वडा तहका संरचना गठन हुनुपर्छ। सदस्य घिमिरेका अनुसार डोल्पा, मनाङ, मुस्ताङ, सप्तरी, सिरहा, सिन्धुपाल्चोकमा मात्रै क्षेत्रीय कार्यसमिति गठन बाँकी छ।

७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाको संरचना गठन अघि बढाइएको छ। कात्तिक मसान्तभित्र वडा तहसम्मकै संरचना गठन भइसक्नेछ।

प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये अहिले १ सय ३० क्षेत्रीय कार्यसमिति गठन हुनेछन्। एक निर्वाचन क्षेत्र रहेका जिल्लामा निर्वाचन क्षेत्रको काम जिल्ला कार्यसमितिले हेर्छ।

प्रदेश कार्यसमिति भने ३ सय ३० क्षेत्रमै गठन गरिने कांग्रेसले जनाएको छ। स्थानीय तहका संरचना गठनमा विवाद नहोस् भनेर ९ वटा मापदण्डसहितको निर्देशिका जारी गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...