News Portal

इजरायल र नेपालबीच सुमधुर सम्बन्ध : उपप्रधानमन्त्री यादव

हिमाली संचार संवाददाता
४८२ पटक

३० भदौ २०७६,काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाल र इजरायलबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएका छन।

इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा उनले नेपालको कृषि, शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा इजरायलले गरेको सहयोगको सराहना गरे।

उपप्रधानमन्त्री यादवले कठिन अवस्थामा पनि इजरायलले नेपाललाई नजिकको मित्र ठानेर सक्दो सहयोग गरेकामा आभार प्रकट गर्दै सरकारीस्तर मात्र नभई जनस्तरमा पनि नेपाल र इजरायलबीच घनिष्ठ सम्बन्ध रहेको बताए।

नेपालका लागि इजरायलका राजदूत वेनी ओमेरले हरेक वर्ष ५०० नेपाली किसान ११ महीनाका लागि इजरायल जाने गरेको र त्यहाँबाट आधुनिक कृषि प्रविधि सिकेर नेपालमा त्यसको उपयोग गर्दै आएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...