News Portal

वैदेशिक रोजगारीको नाममा लाखौं ठगी गर्ने आशिष सम्पर्कमा आए

हिमाली संचार संवाददाता
७७४ पटक

काठमाडौं २०७६, २९ भदौ : विराटनगरका आशिष काफ्लेले बैदेशिक रोजगारीका लागि युरोप लागिदिने भन्दै १२ जनासँग ७० लाख रुपैयाँ उठाएर फरार भएका बिषयलाई यसअघि न्युज२४ को कार्यक्रममा देखाईएको थियोे। अहिले भने आशिष काफ्ले सम्पर्कमा आएका छन्।

उनी मात्रै होइनन्, उनीबाट विदेश जाने सपनामा ठगिएका अन्य व्यक्तिहरु पनि न्युज२४ को कार्यालयमा आएका छन्।

ग्रिसमा रहेका काफ्लेले नेपालमा विभिन्न एजेन्टहरु बनाई फोन र सामाजिक सञ्जालबाट युरोपका देशहरु पोर्चुगल, जर्मनी, सिंगापुर, साइप्रस, ग्रिस लगाएतका देशमा पठाइदिने भन्दै आफन्त तथा एजेन्टहरुको खातामा पैसा जम्मा गर्न लगाएका छन्।

पर्वतका विवेक चापागाँईलाई पोल्याण्ड पठाइदिने भनेर पहिले २० हजार लिए, तर पोल्याण्ड लैजान नसकेपछि पुन साइप्रस पठाइदिने भन्दै भारतमा पुर्‍याएर केही समय राखे।

नक्कली भिषा निकालेर पहिला २ लाख मागे र फेरि पैसा पुगेन भनेर थप २ लाख मागे। काफ्लेले सुदिप खतिवडा र रमेश काफ्लेको खातामा पैसा जम्मा गर्न लगाएका छन्।

उनले विवेकलाई म्यासेज गरी आफ्नो परिवारको खाता बन्द भएकाले उनीहरुको खातामा हाल्न भनेका छन्। दाङका दिलबहादुर खत्रीलाई आशिष काफ्लेका एजेन्ट सुमन सुवेदीले आशिषले ग्रिस पठाइदिने भन्दै कागजनै गरेर पैसा लिएका छन्।

बेलाबेलामा आशिषले समेत उनीसँग कुरा गर्थे। अहिले पैसा फिर्ता माग्दा जिउज्यानको धम्की दिइरहेका छन्। नवलपुरका विनोद बाह्रघरे र टंक अश्लामीको कथा पनि यो भन्दा फरक छैन।

आशिष काफ्लेले नै उनीहरुको गाउँलेहरुमार्फत उनीहरुसँग पैसा लिएका छन्। उनीहरुलाई उल्टो अदालतमा मुद्धा समेत हालिदिएका छन्, काफ्लेका परीवारले। यसरी हेर्दा आशिष काफ्लेले अन्य व्यक्तिहरुको खाता प्रयोग गरी पैसा संकलन गरेका छन्।

साथै उनले सामाजिक सञ्जालको प्रयोग गरी आफ्नो सञ्जाल फिँजाएका छन्। आशिष काफ्लेले पीडित व्यक्तिहरुलाई नै प्रयोग गरेर अन्य व्यक्तिहरुलाई ठगेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...