News Portal

वैदेशिक रोजगारीको नाममा लाखौं ठगी गर्ने आशिष सम्पर्कमा आए

हिमाली संचार संवाददाता
७२६ पटक

काठमाडौं २०७६, २९ भदौ : विराटनगरका आशिष काफ्लेले बैदेशिक रोजगारीका लागि युरोप लागिदिने भन्दै १२ जनासँग ७० लाख रुपैयाँ उठाएर फरार भएका बिषयलाई यसअघि न्युज२४ को कार्यक्रममा देखाईएको थियोे। अहिले भने आशिष काफ्ले सम्पर्कमा आएका छन्।

उनी मात्रै होइनन्, उनीबाट विदेश जाने सपनामा ठगिएका अन्य व्यक्तिहरु पनि न्युज२४ को कार्यालयमा आएका छन्।

ग्रिसमा रहेका काफ्लेले नेपालमा विभिन्न एजेन्टहरु बनाई फोन र सामाजिक सञ्जालबाट युरोपका देशहरु पोर्चुगल, जर्मनी, सिंगापुर, साइप्रस, ग्रिस लगाएतका देशमा पठाइदिने भन्दै आफन्त तथा एजेन्टहरुको खातामा पैसा जम्मा गर्न लगाएका छन्।

पर्वतका विवेक चापागाँईलाई पोल्याण्ड पठाइदिने भनेर पहिले २० हजार लिए, तर पोल्याण्ड लैजान नसकेपछि पुन साइप्रस पठाइदिने भन्दै भारतमा पुर्‍याएर केही समय राखे।

नक्कली भिषा निकालेर पहिला २ लाख मागे र फेरि पैसा पुगेन भनेर थप २ लाख मागे। काफ्लेले सुदिप खतिवडा र रमेश काफ्लेको खातामा पैसा जम्मा गर्न लगाएका छन्।

उनले विवेकलाई म्यासेज गरी आफ्नो परिवारको खाता बन्द भएकाले उनीहरुको खातामा हाल्न भनेका छन्। दाङका दिलबहादुर खत्रीलाई आशिष काफ्लेका एजेन्ट सुमन सुवेदीले आशिषले ग्रिस पठाइदिने भन्दै कागजनै गरेर पैसा लिएका छन्।

बेलाबेलामा आशिषले समेत उनीसँग कुरा गर्थे। अहिले पैसा फिर्ता माग्दा जिउज्यानको धम्की दिइरहेका छन्। नवलपुरका विनोद बाह्रघरे र टंक अश्लामीको कथा पनि यो भन्दा फरक छैन।

आशिष काफ्लेले नै उनीहरुको गाउँलेहरुमार्फत उनीहरुसँग पैसा लिएका छन्। उनीहरुलाई उल्टो अदालतमा मुद्धा समेत हालिदिएका छन्, काफ्लेका परीवारले। यसरी हेर्दा आशिष काफ्लेले अन्य व्यक्तिहरुको खाता प्रयोग गरी पैसा संकलन गरेका छन्।

साथै उनले सामाजिक सञ्जालको प्रयोग गरी आफ्नो सञ्जाल फिँजाएका छन्। आशिष काफ्लेले पीडित व्यक्तिहरुलाई नै प्रयोग गरेर अन्य व्यक्तिहरुलाई ठगेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...