News Portal

  • धादिङका हरि रिमाललाई टिभीएस खुला दौडको उपाधि

    हिमाली संचार संवाददाता
    ५०६ पटक

    काठमाडौं -आर्मी क्लबका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको प्रतियोगितामा आर्मीको बचश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दुरी पार गरेका थिए ।

    दोस्रो स्थानमा रहेका दीपक अधिकारी १.४ सेकेन्डले मात्रपछि परेका थिए । उनले उक्त दुरी पार गर्न २६ मिनेट ३०.८५ सेकेण्डको समय खर्चेका थिए ।

    तेस्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेन्डमा दुरी पार गरेका थिए ।

    स्वस्थ्यका लागि रमाईलो टिभिएस दशैँ दौड भन्ने नाराका साथ सुरु भएको दौडमा ५ वर्षका बालक नेबिस रौनियार पनि दौडमा सहभागिता भएका थिए ।

    युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गरेको आठ किमी खुला दौडमा नक्शालको बाल मन्दिर हुदै सिटिसेन्टर, कमलपोखरी, पुतलीसडक, भृकुटीमण्डब, थापाथली, त्रिपुरेश्वर, सुनधारा, दरबारमार्ग, नागपोखरी हुदै नक्शालको टिभिएस सोरुममा आएर समाप्त भएको थियो ।

    विजेता खेलाडीलाई आयोजक जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवाल, ओलम्पियन म्याराथन किर्तिमानी धावक बैकुण्ठ मानन्धर, अल्ट्राधाविका मिरा राई, आयोजक जगदम्बा मोटर प्रालिका बजार प्रमुख नवराज कोइरालालगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।

    उपाधि विजेता रिमालले ५० हजार,उपबिजेता अधिकारीले २५ हजार र तेस्रो स्थान हात पार्ने राईले १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । जगदम्बा मोटर प्रालिको ५औँ वर्ष गाठका अवसरमा दौड नेपालको सातै क्षेत्रमा आयोजना गरिने बजार प्रमुख नवराज कोइरालाले जानकारी गराइएका छन् ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...