News Portal

धादिङका हरि रिमाललाई टिभीएस खुला दौडको उपाधि

हिमाली संचार संवाददाता
६१२ पटक

काठमाडौं -आर्मी क्लबका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको प्रतियोगितामा आर्मीको बचश्व रहेको दौडमा उपाधि विजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दुरी पार गरेका थिए ।

दोस्रो स्थानमा रहेका दीपक अधिकारी १.४ सेकेन्डले मात्रपछि परेका थिए । उनले उक्त दुरी पार गर्न २६ मिनेट ३०.८५ सेकेण्डको समय खर्चेका थिए ।

तेस्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेन्डमा दुरी पार गरेका थिए ।

स्वस्थ्यका लागि रमाईलो टिभिएस दशैँ दौड भन्ने नाराका साथ सुरु भएको दौडमा ५ वर्षका बालक नेबिस रौनियार पनि दौडमा सहभागिता भएका थिए ।

युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गरेको आठ किमी खुला दौडमा नक्शालको बाल मन्दिर हुदै सिटिसेन्टर, कमलपोखरी, पुतलीसडक, भृकुटीमण्डब, थापाथली, त्रिपुरेश्वर, सुनधारा, दरबारमार्ग, नागपोखरी हुदै नक्शालको टिभिएस सोरुममा आएर समाप्त भएको थियो ।

विजेता खेलाडीलाई आयोजक जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवाल, ओलम्पियन म्याराथन किर्तिमानी धावक बैकुण्ठ मानन्धर, अल्ट्राधाविका मिरा राई, आयोजक जगदम्बा मोटर प्रालिका बजार प्रमुख नवराज कोइरालालगायतले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।

उपाधि विजेता रिमालले ५० हजार,उपबिजेता अधिकारीले २५ हजार र तेस्रो स्थान हात पार्ने राईले १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । जगदम्बा मोटर प्रालिको ५औँ वर्ष गाठका अवसरमा दौड नेपालको सातै क्षेत्रमा आयोजना गरिने बजार प्रमुख नवराज कोइरालाले जानकारी गराइएका छन् ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...