News Portal

  • सोह्र श्राद्ध सुरु, पितृऋणबाट मुक्ति पाउने विश्वास !

    हिमाली संचार संवाददाता
    ३८० पटक
    काठमाडौं

    २८ भदाै २०७६ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।

    चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ।

    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रहृमकपाल तीर्थमा गरिने ब्रहृमकपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काला चस्मा भित्र लुकेका कोप्चा आशंकाहरु

    – कमला थापा २०८२ असोज १३ गते। बर्षैपिच्छे आउने नेपालीहरुको महानचाड विजया दशमी, नेपाली जनताले...

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति...

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...

    पूर्वराजा ज्ञानेन्द्रले यसपालि टीका नलगाइदिने

    काठमाडौं, असोज १२ – राष्ट्र शोक र विध्वंशको अवस्थामै रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस...

    रास्वपा नेतृ तोसिमा कार्कीको संस्थापनलाई कडा चुनौती

    काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा...