News Portal

टर्कीका पूर्वप्रधानमन्त्रीले गरे नयाँ पार्टी खोल्ने घोषणा

हिमाली संचार संवाददाता
६०७ पटक

१४ सेप्टेम्बर २०१९ : टर्कीका पूर्वप्रधानमन्त्री अहमेत डेभुतोग्लुले नयाँ पार्टी खोल्ने घोषणा शुक्रबार गर्नुभएको छ। उहाँले त्यसलाई वर्तमान चुनौतीहरू विरूद्धको नयाँ राजनीतिक आन्दोलनको संज्ञा दिनुभएको छ।

उहाँको आन्दोलन वर्तमान राष्ट्रपति तथा आफ्नै पूर्व मित्र रेसेप तैयप एर्दोगान विरुद्ध हुने देखिएको छ। राष्ट्रपति एर्दोगानविरुद्ध पछिल्ला केही महिना आफ्नै पूर्व मित्रहरू उत्रिने क्रम चलिरहेको छ।

टर्कीको सत्ताधारी दल ‘जस्टिस एण्ड डेभलपमेन्ट’ पार्टीमा राष्ट्रपति एर्दोगानले स्वतन्त्रता, न्याय र अर्थतन्त्रको लागि राम्रो भूमिका नखेलेको नेताहरूको आरोप छ।

“देशको हितका लागि हामीले ऐतिहासिक जिम्मेवारी र दायित्व बहन गर्नुपर्ने आवश्यकता सिर्जना भएकाले नयाँ अभियान चलाउन लागिएको हो,” डेभुतोग्लुले भन्नुभयो।

उहाँ यसअघि पार्टीको अध्यक्ष र विदेश मन्त्री भइसक्नुभएको थियो। त्यसपछि प्रधानमन्त्री बन्नु भएको हो। एजेन्सी 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...