News Portal

दुवै मिर्गौला खराव भएका छत्र बहादुर गदाललाई उपचारमा सहयोग गरीदिन परीवारकाे आग्रह

हिमाली संचार संवाददाता
५२६ पटक

सन्दिप सङ्रौला ,झापा बिर्तामोड -दुवै मिर्गौला  खराव भई बिर्तामोडस्थित बि.एण्डसी अस्पतालमा डायलाईसिस् गराईरहेका झापा बिर्तामोड ३ बिराटपोखरका ३९ बर्षीय छत्र बहादुर गदालको उपचारमा सहयोग गरीदिन परीवारले आग्रह गरेका छन् । परीवारको आर्थीक अवस्था अति नै दयनिय रहेकोले आफ्नो छोराको उपचारमा सहयोग गरीदिन उनकी आमा जानुका गदालले सवैमा आग्रह गरेकी छिन् ।

परिवारको अवस्था सुधार्न रोजगारीका लागी छत्र ७ बर्षअघि खाडी मुलुक कतार रोजगारीका लागी पुगेका थिए । कमाई पनि खासै नहुने र लगातार खुट्टा सुन्निने समस्याका कारण काम गर्न असहज भएपछि उनी गत जेष्ठ १५ गते स्वदेश फर्किएका थिए । घर फर्किएलगत्तै अस्पतालमा जाच गराउदा दुवै मृगौला फेल भएको पत्ता लागेपछि उनको परीवार अहिले बिचल्लीमा परेको छ ।

वैदेशिक रोजगार को कमाइ घर खर्च चलाउदै सकिएको हुदा वहाँको उपचारमा आर्थीक समस्या भएको छ । बिगत दुई महिनादेखी बि. एण्डसी अस्पतालमा उपचाररत उनलाई दाजु कर्ण बहादुर बिश्वकर्माले मृगौला दिने भएका छन् । यद्यपी बिरामीसँग मिल्ने या नमिल्ने कुरा जाँचपछि मात्रै पत्ता लाग्ने चिकीत्सकले बताएका छन् ।

यसैबिच ,जीवनमरणको दोसाँधमा रहेका छत्रलाई बचाउन बिभिन्न क्षेत्रबाट सहयोग ज्ुट्ने क्रम शुरु भएको छ । आगामि असोज १ गते बिर्तामोड स्थित मेगा कम्प्लेक्स अगाडी हुन लागेको छत्र बचाउँ अभियान कार्यक्रममा उनलाई भेटेर उपचार सहयोग गरीदिन स्थानीय युवा सुमन शर्माले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...