News Portal

दुवै मिर्गौला खराव भएका छत्र बहादुर गदाललाई उपचारमा सहयोग गरीदिन परीवारकाे आग्रह

हिमाली संचार संवाददाता
५६९ पटक

सन्दिप सङ्रौला ,झापा बिर्तामोड -दुवै मिर्गौला  खराव भई बिर्तामोडस्थित बि.एण्डसी अस्पतालमा डायलाईसिस् गराईरहेका झापा बिर्तामोड ३ बिराटपोखरका ३९ बर्षीय छत्र बहादुर गदालको उपचारमा सहयोग गरीदिन परीवारले आग्रह गरेका छन् । परीवारको आर्थीक अवस्था अति नै दयनिय रहेकोले आफ्नो छोराको उपचारमा सहयोग गरीदिन उनकी आमा जानुका गदालले सवैमा आग्रह गरेकी छिन् ।

परिवारको अवस्था सुधार्न रोजगारीका लागी छत्र ७ बर्षअघि खाडी मुलुक कतार रोजगारीका लागी पुगेका थिए । कमाई पनि खासै नहुने र लगातार खुट्टा सुन्निने समस्याका कारण काम गर्न असहज भएपछि उनी गत जेष्ठ १५ गते स्वदेश फर्किएका थिए । घर फर्किएलगत्तै अस्पतालमा जाच गराउदा दुवै मृगौला फेल भएको पत्ता लागेपछि उनको परीवार अहिले बिचल्लीमा परेको छ ।

वैदेशिक रोजगार को कमाइ घर खर्च चलाउदै सकिएको हुदा वहाँको उपचारमा आर्थीक समस्या भएको छ । बिगत दुई महिनादेखी बि. एण्डसी अस्पतालमा उपचाररत उनलाई दाजु कर्ण बहादुर बिश्वकर्माले मृगौला दिने भएका छन् । यद्यपी बिरामीसँग मिल्ने या नमिल्ने कुरा जाँचपछि मात्रै पत्ता लाग्ने चिकीत्सकले बताएका छन् ।

यसैबिच ,जीवनमरणको दोसाँधमा रहेका छत्रलाई बचाउन बिभिन्न क्षेत्रबाट सहयोग ज्ुट्ने क्रम शुरु भएको छ । आगामि असोज १ गते बिर्तामोड स्थित मेगा कम्प्लेक्स अगाडी हुन लागेको छत्र बचाउँ अभियान कार्यक्रममा उनलाई भेटेर उपचार सहयोग गरीदिन स्थानीय युवा सुमन शर्माले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...